Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

टी–ट्वान्टी सिरिज भारतलाई

टी–ट्वान्टी सिरिज भारतलाई

घरेलु टोली भारतले इङ्ल्यान्डविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । शनिबार राति भएको अन्तिम तथा निर्णायक सिरिजमा रोमाञ्चक जित निकाल्दै भारतले सिरिज आफ्नो नाममा गरेको हो ।
 
भारतले पाँच खेलको रिसिजमा ३–२ को जित हात पारेको हो । अहमाबादमा भएको खेलमा भारतले दिएको २२५ रनको लक्ष्य इङ्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनायो ।
 
इङ्ल्यान्डका लागि जोस बट्लस र डेभिड मलानले अर्धशतकीय पारी खेले । ४६ बल खलेका मलानले ९ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । त्यस्तै ३४ बल खेलेका बट्लरले २ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाए ।
 
त्यस्तै वेन स्टोक र श्याम करनले समान १४–१४ रन बनाए । बलिङतर्फ भारतका लागि शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले २ विकेट हात पारे ।
 
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२४ रन बनायो । भारतका लागि रोहित शर्मा र विराट कोहलीले अर्धशतकीय पारी खेले । 

५२ बल खेलेका कोहलीले ७ चौका र २ छक्काको सहयोगमा ८० रन बनाए । त्यस्तै ३४ बल खेलेका रोहितले ४ चौका र ५ छक्काको सहयोगमा ६४ रन बनाए । 

यसअघि, पहिलो टी–ट्वान्टी ८ विकेटले हारेको भारतले दोस्रो टी–ट्वान्टीमा ७ विकेटको जित निकालेको थियो । तेस्रो टी–ट्वान्टीमा इङ्ल्यान्डले ८ विकेटको जित निकाल्दा चौथो र पाँचौंमा भारतले जित निकाल्यो । 

प्रतिक्रिया