Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

दारी ग्याङ धनगढीको बिपद व्यवस्थान समितीको संयोजकमा यादव ओझा

दारी ग्याङ धनगढीको बिपद व्यवस्थान समितीको संयोजकमा यादव ओझा

धनगढी । दारी ग्याङ धनगढीको बिपद व्यवस्थान समितीको संयोजकमा यादव ओझा चयन भएका छन् ।
मंगलबार गुगल मिट मार्फत गरिएको आकस्मिक बैठकबाट दारी ग्याङ धनगढीको बिपद व्यवस्थापन टिमको संयोजकमा ओझा चयन भएका हुन् ।

दारी ग्याङ धनगढी र फूरबारीका सदस्य रहने गरी उनलाई संयोजकमा चयन गरिएको हो ।
बर्षायाम सुरु भए संगै कटान, डुबान, तथा बाढीपहिरो बाट हुने सम्भाबीत जोखिम न्यूनिकरण गर्नका लागी बिपद व्यवस्थापन टिमको गठन गरिएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए ।
बिपद व्यवस्थान समितीको संयोजकमा चयन भएपछि यादव ओझाले स्थानिय तह, रेडक्रस तथा विभिन्न संघसंस्था संग मिलेर दारी ग्याङ अगाडी बढ्ने बताए । नेपाल सन्दर्भ 

प्रतिक्रिया