Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

आजदेखि 'द भ्वाइस अफ नेपाल'को तेस्रो सिजन सुरु हुने

आजदेखि 'द भ्वाइस अफ नेपाल'को तेस्रो सिजन सुरु हुने

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन आजदेखि सुरु हुने भएको छ । यो सिजनको प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् ।

यो प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ४० हजारबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिने छन् ।

ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२/१२ जना प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ रहेका छन् । यसअघि कोच रहेकी आस्था राउतको ठाउँमा गुरुङको इन्ट्री भएको हो ।

प्रतिक्रिया