Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

अब एक दिनमा कनेक्ट आईपीएसमार्फत २० लाखसम्म काराेबार गर्न सकिने

अब एक दिनमा कनेक्ट आईपीएसमार्फत  २० लाखसम्म काराेबार गर्न सकिने

नेपाल क्लियरिङ हाउस लिमिटेडले कनेक्ट आईपीएसमार्फत् हुने कारोबारकाे सीमा बढाएको छ । कम्पनीले आफ्नो वेब र माेबाइल एप दुवै प्लेटफर्मबाट हुने प्रतिदिनको कारोबार सीमा बढाएको हो । कम्पनीले वेबसाइटबाट एक दिनमा २० लाख र मोबाइल एपबाट दुई लाख रूपैयाँसम्म काराेबार गर्न सकिने बनाएकाे छ ।

त्यस्तै एकपटकमा वेबसाइटबाट काराेबार गर्दा १० लाख र माेबाइल एपबाट काराेबार गर्दा एक लाख रूपैयाँ सीमा ताेकिएकाे छ । अनलाइन भुक्तानीको प्रयाेग बढ्नुका साथै राम्रो प्रतिक्रिया आएका कारण राष्ट्र बैंकको निर्देशिकामा आधारित रहेर कम्पनीले कारोबार सीमा बढाएको हाे ।

नयाँ कारोबार सीमा परिवर्तन कनेक्ट आईपीएसले लागू गरिसकेको छ । परिवर्तित कारोबार सेवा कम्पनीका जोकोही सेवाग्राहीले प्रयोग गर्न सक्छन् ।

यस्तै शेयर बजार, ब्रोकर तथा क्यापिटल मार्केटका लागि कनेक्ट आईपीएसले करिब ७ महिनाअघि तय गरेको प्रतिदिनको एक करोड कारोबार सीमालाई पनि कम्पनीले निरन्तरता दिएको छ । यसअघि शेयर बजार कारोबारका लागि प्रतिदिनको कारोबार सीमा १० लाख रुपैयाँ थियो । 

प्रतिक्रिया