Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

ओल्बाको भुङ्ग्रोमा प्रचन्न–बाउरामदेखि महन्थ–राजिन्दरसम्म

ओल्बाको भुङ्ग्रोमा प्रचन्न–बाउरामदेखि महन्थ–राजिन्दरसम्म

हिन्दीको चर्चित सिनेमा सन्यासीको सदावहार गीतका पंक्ति हुन् यी । कन्टिर(बाबू यो गीतलाई नेपालको पछिल्लो राजनीतिक अवस्थासँग तुलना गर्छन् । हिजो जङ्गलमा बसेर ‘जङ्गली’ राजनीति गरेको प्रचन्न–बाउरामको अवस्था त्यही माथि उल्लेखित गीतको जस्तो भएको कन्टिर(बाबूको ठम्याइ छ ।

प्रचन्न–बाउराम दुबैको हालत अहिले ‘चोक्टा खान गा’की ‘ झोलमा डुबेर मरी’ जस्तो भएको छ भन्दा कन्टिर(बाबू अस्वाभाविक ठान्दैनन् । प्रचन्नलाई ओल्बाले थाङ्नामा सुताएजस्तो देखिएको छ भने बाउरामलाई मान महन्थ–राजिन्दरले भित्तामा अचेट्न खोजेजस्तै छ ।

अरे यार, ओल्बाको सरकारलाई समर्थन गर्ने सम्बन्धमा महन्थ–राजिन्दरले जसपाको वार्ता समिति गठन गरेछन् । विचरा बाउराम–ओपिन्दरलाई पत्तै छैन रे १ कन्टिर(बाबुलाई त यो सुनेर ताज्जुब लागिरहेको छ, विचरा बाउराम–ओपिन्दरलाई कस्तो लागिरहेको होला रु

तैट, यस्तो पनि हुन्छ रु यो साँचो हो भने त जसपामा पहिरो जाने निश्चित छ । अदालतको फैसलापछि नेकपा एमाले र माओवादी दुई फ्याक भएजस्तै हालको वार्ता समितिको विवादले विगतको राजपा र सङ्घीय समाजवादीकै अवस्था नआउला भन्न सकिन्न ।

ओल्बाले त चाहेकै यही हो नि– तोडफोड गर, राज गर । यसै रणनीतिका आधारमा तत्काललाई संसद् स्थगन गरेर दल विभाजनसम्बन्धी अध्यादेश आएछ भने कन्टिर(बाबू आश्चर्य मान्ने मुडमा छैनन् । यसो भएछ भने प्रचन्न–बाउराम एकै ठाउँ बसेररउभिएर चिम्टारचुरा बजाउन थालेछन् भने आश्चर्य हुने छैन । कि कसो रु

प्रतिक्रिया