Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

धनगढीको फर्निचर उद्योगमा आगलागी, करिब ५ करोड बराबरको क्षति

धनगढीको फर्निचर उद्योगमा आगलागी, करिब ५ करोड बराबरको क्षति

धनगढी- कैलालीको धनगढीमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर–४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा आगलागी भएको हो ।  

फर्निचर उद्योगसँगै रहेको शोरुममा दिउँसो करिब १२ बजेतिर आगलागी करिब २ घण्टा पछि नियन्त्रणमा आएकोे छ ।
आलोक मल्टी कन्सर्न प्रालिमा लागेको आगो धनगढी उपमहानगरपालिकाका २ वटा दमकल, गोदावरी नगरपालिकाको एउटा दमकल, एउटा स्काभेटर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निभाएका थिए। 

आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन्। प्रहरीले क्षतिको विवरण खुलाउन बाँकी छ। 
आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 

प्रतिक्रिया