Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

कञ्चपुरमा प्रहरी र तस्करबीच दोहोरो भिडन्तमा चल्यो गोली, १ जना मारिए

कञ्चपुरमा प्रहरी र तस्करबीच दोहोरो भिडन्तमा चल्यो गोली, १ जना मारिए

धनगढी - कञ्चनपुरमा प्रहरी र तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा एक जना मारिएका छन्। 

जिल्लाको बेलौरीमा भएको दोहोरो भिडन्तमा एक जना भारतीय नागरिक मारिएका हुन्। 

बेलौरी नगरपालिका वडा नम्बर ७ मा नेपाल भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

उनका अनुसार गोलि प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको हो। मृतकको परिचय खुलेको छैन। मृतकको शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ।

अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक थापाको कमाण्डको टोलि बेलौरीतर्फ हिडेको छ।

प्रतिक्रिया