Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

पहाडी भेगमा हल्का वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमानसहित)

पहाडी भेगमा हल्का वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमानसहित)

काठमाडौँ-  आज मुलुकका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोलि र पर्सी पहाडी भेगमा हल्का वर्षा हुन सक्ने उल्लेख छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन २० गते (बिहिबार)

दिउँसो :  देशको पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू(भागहरुको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशको पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू(भागहरुको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन २१ गते (शुक्रबार)

दिउँसो :  देशको पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू(भागहरुको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशको पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेश १ को पहाडी भू(भागहरुको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन २२ गते (शनिबार)

दिउँसो स:  प्रदेश १ को पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा आंशिक बदली रहने र बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेश १ को पहाडी भू(भागहरुको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशका पहाडी भू(भागहरूमा आंशिक बदली रहने र बाकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेश १ को पहाडी भू(भागहरुको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया