Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

कपाल झरेर हैरान हुनुहुन्छ ? यस्ता छन् रोक्ने उपायहरू

कपाल झरेर हैरान हुनुहुन्छ ? यस्ता छन् रोक्ने उपायहरू


पछिल्लो समय मानिसहरु बढी व्यस्त हुने हुदाँ कपाल झर्ने समस्या बढी देखिने गरेको छ । यो समस्या कुनै पनि उमेर समुहका मानिसलाई पनि हुन्छ । कपाल झर्ने समस्या बढ्दै गएर सानो उमेरमानै तालुपना देखिन्छ । जसले गर्दा तनावसँगै हिनताबोध समस्या ल्याउँछ । तर कपाल झर्न रोक्नका लागि हामीले खाने खोनकुराहरुले समेत प्रत्यक्ष प्रभाव पार्दछ । 

यस्ता छन् कपाल झर्नबाट रोक्ने उपायहरु  

सिमी– सिमीमा प्रर्याप्त मात्रामा फाइबरका साथै प्रोटिन पनि पाइन्छ जसले कपालको विकासमा सहयोग गर्दछ । 

बदामर काजु – बदाम र काजुमा ओमेगा ३, सेलेनियम, जिंक जस्ता पदार्थ पाइन्छ जसले कपाललाई स्वस्थ र चम्किलो बनाउँछ । 

गाँजर– गाँजरमा भिटामिन ए प्रर्याप्त मात्रामा पाइने हुनाले यसले कपाललाई प्राकृतिक कन्डिसिनिङ गर्दछ । 

सल्मोन माछा – यसमा प्रशस्त मात्राम ओमेगा ३, भिटामिन बी १२ पाइन्छ, जसले कपाललाई बलियो बनाउँछ । ओमेगा र भिटामिन बी १२ को कमीले कपाल रुखो बन्छ । 

हरियो सागसब्जी– हरियो सागसब्जीमा आइरन, भिटामिन, क्याललि्सयम पाइन्छ ,जुन कपालको वृदि्धको लागि निकै उपयोगी हुन्छन् ।

अण्डा– यसमा प्रोटिन, भिटामिन बी १२, वायटिन जस्ता तत्व पाइन्छ ।जसले कपाललाई बलियो बनाउँछ ।

प्रतिक्रिया