Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

कंगनाविरुद्ध पक्राउ पूर्जी जारी

कंगनाविरुद्ध पक्राउ पूर्जी जारी

बलिउडकी क्वीन कंगना रनौतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । गीतकार जावेद अख्तरद्वारा दर्ता भएको मानहानीको मुद्दालाई लिएर उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । 

अँधेरीको मेट्रोपोलिटन मजिस्ट्रेटले अभिनेत्रीविरुद्ध जमानती पक्राउ पूर्जी जारी गरेको हो । पत्र पठाउँदा पनि अदालतमा उपस्थित नभएपछि पक्राउ पूर्जी जारी गरिएको अदालतले बताएको छ । 

गत महिना मुम्बई प्रहरीले एक रिपोर्ट दर्ता गरेको थियो । जसमा कंगनाविरुद्ध एक मानहानीको मुद्दा दर्ता भएको थियो । बलिउडका गीतकार जावेद अख्तरका तर्फबाट गरिएको उजुरीका आधारमा मुद्दा दर्ता भएको थियो ।

उजुरीमा जावेदले कुनै प्रमाणबिना नै आफूविरुद्ध झुठो बयान दिएको र आफ्नो सम्मानमा ठेस पुगेको बताएका छन् । सामाजिक आफ्नो दमदार अभिनयका कारण सबैको मनमा बस्न सफल नायिका कंगना पछिल्लो समय सामाजिक सञ्जालमा गर्ने टिप्पणीका कारण विवादमा आएकी हुन् ।

सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने गरेका कारण भारतका विभिन्न राजनीतिक दलदेखि बलिउडकै कलाकारहरु उनको विपक्षमा देखिएका छन् । 

प्रतिक्रिया