Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

छोराको जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन दान

छोराको जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन दान

धनगढी उपमहानगरपालिका स्थित मानव सेवा आश्रममा छोराको जन्मदिनका अवसरमा भोजन दान कार्यक्रम गरिएको छ । धनगढी कैलाली पुल नजिक अवस्थित न्यु त्रिपूरा सप्लायर्सका प्रोप्राईटर मिन बहादुर कुँवरले आफ्नो छोरा माल्यन कुँवरको जन्मदिनको अवसर पारेर उक्त भोजन दान कार्यक्रम गर्नुभएको हो ।

धनगढी उप महा नगरपालिका २ निवासी कुँवरले मानवसेवा आश्रमका करिब ५३ जना असहाय वृद्धवृद्धा तथा बालबालिकालाई भोजन दान गर्नुभयो । शुक्रबार बेलुकी सम्पन्न भोजन दान कार्यक्रममा उहाँकी धर्मपत्नी स रि ता खड्का कुँवर छोरा माल्यन कुँवर र छोरी छाँया कुंवर स्वंयम गएर भोजन खुवाउनु भएको हो ।

उहाँले जन्मदिन मनाउन कुनै रेष्टुरेन्टमा गएर खर्च गर्नु भन्दा यसरी असहाय आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई भोजन गराएर मनको आनन्द मिलेको बताउनुभयो ।  

प्रतिक्रिया