Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

शुक्रबार अछाममा भीरबाट खसेर एक पुरुषको ज्यान गयो

शुक्रबार अछाममा भीरबाट खसेर  एक पुरुषको ज्यान गयो

अछाम

रामारोशन गाउँपालिकामा भीरबाट खसेर शुक्रबार एक पुरुषको ज्यान गएको छ । वडा नम्बर ५ का ३६ बर्षीय लोकेन्द्र रोकायाको शुक्रबार पडिपाखा भीरबाट खसेर ज्यान गएको हो ।

बिहान घाँस काट्न गएको बेला उनको घाँस काट्दै गर्दा चिप्लो भीरबाट खसेर घट’नास्थलमै ज्यान गएको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो ।

उनकी श्रीमतिको पनि गत बर्ष भीरबाट खसेरै ज्यान गएको थियो । लोकेन्द्र खसेको भन्दा केही तलको भीरबाट खसेर उनकी श्रीमतीको ज्यान गएको थियो ।

आमाबुवा दुबैको भीरबाट खसेर ज्यान गएपछि उनको ५ जना नाबालक छोराछोरीको बिचल्ली भएको छ । १ छोरा र ४ छोरी रहेका उनको एकमात्र साहार बृद्ध अवस्थामा रहनुभएकी हजुरआमा मात्रै रहनु भएको छ । उनको अवस्था पनि निकै कमजोर रहेको उनका आफन्त डम्बर रोकायाले बताउनु भयो ।

प्रतिक्रिया