Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन दान

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन दान

जन्मदिनका अवसरमा धनगढी उपमहानगरपालिका स्थित मानव सेवा आश्रममा भोजन दान कार्यक्रम गरिएको छ । साँफेबगरमा रहेको पन्त जनरल स्टोरका प्रोप्राईटर सुरेस प्रसाद पन्तले आफ्नो जन्मदिनको अवसर पारेर उक्त भोजन दान कार्यक्रम गर्नुभएको हो ।

धनगढी उप महा नगरपालिका २ घर भई हाल अछाम को साँफेबगर मा व्यवसाय संचालन गर्नुभएका पन्तले   मानवसेवा आश्रमका करिब ५३ जना असहाय वृद्धवृद्धा तथा बालबालिकालाई भोजन दान गर्नुभयो । मंगलबार बेलुकी सम्पन्न भोजन दान कार्यक्रममा उधोग बाणिज्य संघ कैलालीका सचिव सिद्धाराज पनेरुले जन्मदिनको शुभकामना दिँदै मानव सेवा आश्रमलाई सबै मिलेर सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले जन्मदिन मनाउन कुनै रेष्टुरेन्टमा गएर खर्च गर्नु भन्दा यसरी असहाय आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई भोजन गराएर मनको आनन्द मिलेको बताउनुभयो । मंगलबार उहाँकी धर्मपत्नी मेनका पाठक पन्तले आश्रममा पुगेर आफैले मानव सेवा आश्रमका असाह्यहरुलाई भोजन खुवाउनु भएको हो । 

 

 

 

 

प्रतिक्रिया