Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

डोटीका पत्रकार तेजु खड्का मृत्यु प्रकरण छानबिन गर्न प्रेस युनियनको माग

डोटीका पत्रकार तेजु खड्का मृत्यु प्रकरण छानबिन गर्न प्रेस युनियनको माग

डोटीका पत्रकार तेजबहादुर खड्का (तेजु) मृत भेटिएको घटनाबारे सत्यतथ्य छानबिन माग गर्दै नेपाल प्रेस युनियनले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ।

अछाम लगायत सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रेस युनियन अध्यक्षले मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार खड्का मृत्यु घटनाको सत्यतथ्य छानबिन र मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन्। शुक्रबार दिउँसो गएको पत्रकारको टोलीले परिवारको सदस्य गुमेको शोकमा रहेका पत्रकार खड्काका परिवारलाई राहत प्रदान गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेका छन्‌।

ध्यानाकर्षण पत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले घटनाको छानबिनका लागि सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिने बताए‌। पत्रकार खड्का बेपत्ता हुनासाथ प्रदेश सरकारले खोजी कार्यका लागि पहल गरेको स्मरण गर्दै भट्टले भने, ‘हामीले पत्रकार खड्का बेपत्ता हुनासाथ खोजीकार्य थालेका थियौँ, अहिले कंकाल खड्काको नै भएको पुष्टि भएको छ, के-कति कारणले उनको मृत्यु भएको हो, त्यसको छानबिनका लागि प्रहरी प्रशासनलाई निर्देशन दिन्छु।’ पत्रकार खड्काको परिवारलाई उचित राहत व्यवस्था गर्न प्रदेश सरकारले पहल गर्ने उनले बताए।

 

प्रतिक्रिया