Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

शैक्षिक गुणस्तरमा अब्बल बन्दै सुर्यचन्द्र नमुना मावि कालिमाटी

शैक्षिक गुणस्तरमा अब्बल बन्दै सुर्यचन्द्र नमुना मावि कालिमाटी

अछामको साँफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथमा रहेको सुर्यचन्द्र नमुना माध्यामिक विद्यालय कालिमाटीले शैक्षिक सत्र २०७३ बाट प्राबिधिक धार अन्र्तगत कृषि बाली बिज्ञान तर्फ संञ्चालनका लागी शिक्षा मन्त्रालयबाट मान्यता पाएको थियो । पहीलो शैक्षिक सत्रमा आवश्यक प्रचारप्रसार लगाएतले समय नपुगेकाले प्रबेश परिक्षाका लागी विद्यालयले सोचेजस्तो विद्यार्थि पाएको थिएन त्यसपछीका बर्षमा सुर्यचन्द्र माबिको कृषि बाली विज्ञान संकाय नमुना बन्दै गएको छ ।

नेपाल सरकारबाट मान्यता प्राप्त कृषि बाली विज्ञान तर्फ सुर्यचन्द्र नमुना माबि अध्ययनका लागी कक्षा ८ उत्तिर्ण गरेर ९ कक्षाबाट पढाई शुभारम्भ हुने गर्दछ । नगरपालिकाको सानो वडाको रुपमा सुर्यचन्द्र नमुना माविको शैक्षिक गुणस्तर प्रभाबकारी बन्दै गएपछी विद्यार्थि समेत बढदै गएका छन । विद्यालयमा अहीले झण्डै ७ सय हाराहारीमा विद्यार्थि रहेका छन । सुर्यचन्द्र माबिमा साफेबगरका मात्रै नभई अछामका सबै स्थानिय तह सहीत छिमेकी जिल्लाका विद्यार्थि समेत पढन आईरहेका छन । विद्यालयले प्रबिधी बिकाससँगै ईन्टरनेटको समेत भरपुर सदुपयोग गर्दै आईरहेको छ । विद्यालयमा सिसिटिभी क्यामेरा सहीत बाल बिकास केन्द्र देखी कक्षा १२ सम्मका कक्षा कोठामा पढाई कसरी भईरहेको छ भनेर प्राचार्यले आफ्नै कार्यकक्षबाट अनुगमन सहीत मुल्याकन गर्ने प्रबिधी समेत जडान भएको छ ।

विद्युतीय प्रबिधी मार्फत कक्षा संञ्चालन गरि कक्षाहरु समेत संञ्चालनमा आईसकेका छन । विद्यालयका आफ्रनै सुबिधा सम्पन्न भवन सहीत कृषि पढने विद्यार्थिका लागी फिल्डमै गएर अभ्यास गर्नका लागी जग्गाको समेत अभाब देखिदैन । विद्यार्थिले विद्यालयको जग्गामा उत्पादन भएका विउहरु यतिबेला गाउ गाउमा पुग्ने गरेको विद्यालयका प्राचार्य देबेन्द्र बहादुर शाहले बताउनु भयो । कृषि विद्यालय भईसकेपछी कुन सिजनको कस्तो तरकारी तथा अन्नबालीको आवश्यकता पर्छ भनेर प्रभाबका लागी समेत गाउ गाउ वितरण हुने गरेको शाहले बताउनु भयो । विद्यालयमा मौरीघार, च्याउ उत्पादन, खेतगरामा विउ उत्पादन बार्षिक कार्यक्रम अनुसार भएको तथा यसपाली प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना मार्फत सहयोग समेत भएको उहाँले जानकारी दिनु भयो ।

उहाँले कृषि प्राबिधिक आईसेकपछी समुदाय तथा जिल्लाले समेत उपलब्धी हासिल गरेको बताउनु भयो । विद्यालय स्तरमा आवश्यक पर्ने बिज्ञान शिक्षकको कुनै समस्या नभएको र नुमना विद्यालय भएकाले भर्ना हुने विद्यार्थिको संख्या बर्षेनी बढदै गएको र हाल विद्यालयसँग हाताभित्रै आफ्नै जग्गा नभएपनी स्थानियका जग्गा लिजमा लिएर पनी सफल हुदै गएको पनि उहाँले बताउनु भयो ।

प्रतिक्रिया