Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

विवाह गर्दै गायिका अञ्जु पन्त

विवाह गर्दै गायिका अञ्जु पन्त

गायिका अञ्जु पन्तले पुनः विवाह गर्ने भएकी छन्।

एक छोरीकी आमा गायिका पन्तले गीतकार थिर कोइरालासँग विवाह गर्ने भएकी हुन्।  इलाम घर भएका कोइराला दुई दसकदेखि काठमाडौंमा छन्। दुवै जनाले आफूहरूबीच विवाह हुन लागेको स्वीकार गरेका छन्।

तर विवाहको मिति भने तय हुन बाँकी रहेको उनीहरूले सञ्चारमाध्यमसँग बताएका छन्। करिब ३ वर्षअघि चिनजान भएका उनीहरू एक वर्षदेखि ‘रिलेसनसिप’मा छन्।

गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन्।  उनीहरूकी एक छोरी छन्- परितोषिका पन्त। उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन्। छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गर्ने लागेको बताइएको छ।

प्रतिक्रिया