Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

लाइसेन्सको परीक्षा दिन ५ महिना कुर्नु पर्ने, कारण यस्तो !

लाइसेन्सको परीक्षा दिन ५ महिना कुर्नु पर्ने, कारण यस्तो !

सवारी चालक अनुमति पत्र (लाइसेन्स)लिन चाहनेहरुले परिक्षाको लागि ४ देखि ५ महिना सम्म कुर्नु पर्ने भएको छ । अनलाइनमार्फत आवेदन दिए पनि परीक्षाका लागि भने लामो समय कुर्नुपर्ने समस्या तत्काल नहट्ने भएको हो । 

अनलाइन प्रणालीमार्फत आवेदन दिनेहरु धेरै भएकाले परीक्षाको पर्खाइमा बस्नुपर्ने भएको यातायात व्यवस्था विभागले जनाएको छ । 

आवेदन दिएकाहरुको सिरियल क्रम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने विभागले जनाएको छ । र त्यसै सिरियल नम्बरको आधारमा परीक्षाका लागि बोलाइने छ । 

आवेदन दिएकाहरुमध्येबाट कार्यालय खुलेको दिन एक सयदेखि १ सय ५० जनासम्मलाई बोलाएर परीक्षा लिने गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया