Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

अछाममा पहिलो पटक महिला एमबिबिएस डाक्टर मण्डलद्वारा साँफेबगरमा पोलिक्लिनिक सञ्चालन

अछाममा पहिलो पटक महिला एमबिबिएस डाक्टर मण्डलद्वारा साँफेबगरमा पोलिक्लिनिक सञ्चालन

माघ १०, अछाम

अछामको साँफेबगर नगरपालिका -३ हाटबजारमा महिला एमबिबिएस जनरल फिजिसियन डाक्टर आभा मण्डल (कुँवर)ले साँफेबगर पोलिक्लिनिक संचालनमा ल्याएकी छन् । पौष २० गते बाट संचालनमा आएको पोलोक्लिनिकको जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुवरले उद्घाटन गरेका हुन ।

ग्रामीण समाजका महिलाहरुमा विभिन्न समस्या देखिएकाले सोही कुरा मध्यनजर गर्दै पोलिक्लिनिक संचालनमा ल्याएको पोलोक्लिनिक का प्रोपराईटर राजेन्द्र कुवँर ले बताउनुभयो  । क्लिनिक बाट पिसाब पोल्ने समस्या , तल्लो पेट दुख्ने, ढाड दुख्ने , पाठेघर खस्ने समस्या , महिनावारी गडबडी , सेतो पानी बग्ने वा बाझोपनको समस्याको उपचार हुनेछ । साथै २४ सै घन्टा महिला बिबिएस डाक्टर द्वारा इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा , एक्सरे सेवा , इसिजी सेवा, ल्याब सेवालगायतका सेवा दिइने क्लिनिक व्यवस्थापन पक्षले बताएको छ ।

प्रतिक्रिया