Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

पुनः सुचारु भयो ट्वीटर भेरिफिकेसन

पुनः सुचारु भयो ट्वीटर भेरिफिकेसन

यदि तपाईं ट्वीटर भेरिफिकेसन गर्ने प्रतिक्षामा हुनुहुन्छ भने तपाईंका लागि खुशीको खबर छ । ट्वीटरले शुक्रबारदेखि ट्वीटर ह्याण्डल भेरिफिकेसन पुनः सुचारु गरेको छ ।

ट्वीटरले सन् २०१७ मा पब्लिक भेरिफिकेसन बन्द गरेको थियो । कम्पनीले तीन वर्षपछि अकाउन्ट भेरिफिकेसन पुनः सुरु गरेको हो ।

यस्तो छ भेरिफिकेसनको मापदण्ड

ट्वीटरका अनुसार कम्पनीले केवल त्यस्ता व्यक्तिको अकाउन्ट मात्र भेरिफाइ गर्नेछ, जसको अकाउन्ट एक्टिभ छ । सुरुवाती चरणमा छ प्रकारका अकाउन्टको भेरिफिकेसन हुनेछ ।

जसमा सरकारी कम्पनी, ब्रान्ड, गैरनाफामुलक संस्था, समाचार संस्था, मनोरञ्जन, खेलकुद, आयोजक र प्रभावशाली व्यक्तिहरु रहेका छन् । यद्यपि ट्वीटरले फलोअर धेरै भएका अकाउन्ट भेरिफाई गरिने जनाएको छ ।

कम्पनीले नियम उलंघन गर्ने कम्पनीको ट्वीटर अकाउन्टको भेरिफिकेसन खोसिन सक्ने समेत बताएको छ । घृणा फैलाउने पोस्ट र देशको अखण्डताको विरुद्धमा पोस्ट गर्नेहरुको ब्लू टिक ब्याज हटाइनेछ । यद्यपि यो प्रक्रिया स्वचालित भने हुनेछैन ।

प्रतिक्रिया