Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

अछाममा क्वारेन्टिनमा बसेका १ जनाकाे मृत्यु

अछाममा क्वारेन्टिनमा बसेका १ जनाकाे मृत्यु

अछाममा क्वारेन्टिनमा बसिरहेका एक पुरुषकाे मृ’त्युु भएकाे छ। रामाराेशन गाउपालिका वडा नं ५ काे कैलाशेश्वर घट्टेखेती आधारभुत विद्यालयकाे क्वारेन्टिन मा बसेका ४५ बर्षिय पुरुषकाे मृ’त्युु भएकाे हो ।

उनि भारतबाट गाैरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका थिए । असार ९ गते उनकाे आरडिटि परिक्षण गरि नेगेटिभ रिपोर्ट आएकाे थियाे । असार १३ गते एक्कासि उनकाे स्वास्थ्यमा स्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा पुर्‍याईएकाे थियाे ।

आकस्मिक कक्षमा उपचार भईरहेका उनकाे असार १४ गते दिउँसो २ बजे मृ’त्यु भएकाे छ । मृ’त्युु पश्चात उनी संगै परिवारका अन्य २ जना विरामि कुरुवा समेतकाे स्वाव संकलन गरि पिसिआर काेराेना परिक्षणकाे लागि सेती प्रादेशिक अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएकाे छ ।

उनि मधुमेहका बिरामी रहेको र औसधि सेवन गरिरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया