Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

न्यायका लागी झाण्डै २ दशक लामो संघर्ष , शिक्षक मुक्तिनाथ अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग

न्यायका लागी झाण्डै २ दशक लामो संघर्ष , शिक्षक मुक्तिनाथ अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग

सशस्त्र द्वन्द्वकालका हत्या गरिएका लमजुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीका परिवारले हत्या भएको १९ वर्षसम्म पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् ।

शिक्षक स्व मुक्तिनाथ अधिकारीको १९औँ स्मृति दिवसका अवसरमा आज एम्नेष्टी इन्टरनेशलन र मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानले सशस्त्र द्वन्द्वकालका गम्भीर मानवअधिकार उलङ्घनका पीडितलाई सरकारले न्याय दिलाउन जवाफदेहिता नदेखाएको भन्दै खबरदारी गरेको हो ।

शिक्षक अधिकारीको हत्या भएको १९ वर्ष बितिसक्दा पनि पीडितलाई सत्य, न्याय र परिपुरणको अधिकार सुनिश्चित गर्नमा सरकार र राजनीतिक दलहरुले आलटाल गरेको भन्दै खबरदारी गरेका हुन् । अधिकारीको ०५८ माघ ३ गते तत्कालीन विद्रोही माओवादीले चरम यातना दिएर हत्या गरेको थियो । 

सशस्त्र द्वन्दकालका गम्भीर मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिलाउन सरकारले जवाफदेहिता नदेखाएको भन्दै खबरदारी गरिएको हो । पीडितलाई न्याय दिन तथा पीडकलाई कारबाही गर्न भनी सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन गरिएको भए पनि आयोगले न्याय दिन नसकेको पीडितको गुनासो रहँदै आएको छ । 

कार्यक्रममा स्व अधिकारीका छोरा सुमन अधिकारीले राज्यका सबै निकाय, राजनीतिक दल, आयोग सबै ठाउँमा पुगिसक्दा पनि आफूहरुले न्याय पाउन नसकेको बताउनुभयो । राज्यले पीडितको पीडामाथि फुटबल खेल्ने काम गरेको उहाँको भनाइ थियो ।

न्याय दिलाउन भनी गठन भएका दुई आयोगहरु पीडितलाई न्याय दिलाउनभन्दा पनि पीडकलाई चोख्याउन दलीय स्वार्थमा काम गरिरहेको द्वन्द्वपीडितको आरोप छ ।

सशस्त्र द्वन्द्वकालमा गम्भीर मानवअधिकार उल्लङ्घनका पीडितलाई न्याय दिन तथा पीडकलाई कारबाही गर्न भनी सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको भए पनि आयोगले न्याय दिन नसकेको उहाँको गुनासो छ । पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका अधिकारीको विसं २०५८ माघ ३ गते आजकै दिन हत्या गरिएको थियो ।

प्रतिक्रिया