Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

कञ्चनपुरकाे पुनर्वासमा ट्याक्टर दुर्घटना, २१ जना घाईते, चार जनाको अवस्था गम्भीर

कञ्चनपुरकाे पुनर्वासमा ट्याक्टर दुर्घटना, २१ जना घाईते, चार जनाको अवस्था गम्भीर

कञ्चनपुरकाे पुनर्वासमा ट्याक्टर दुर्घटना २१ जना घाईते भएका छन ।

जिल्लाकाे बेलाैरी नगरपालिकामा पर्ने भकुण्डा बाट पिक्निक खाएर फर्किदै गर्दा से १ त ६५०६ नम्बरकाे ट्याक्टर पुनर्वासकाे वार्ड नं.२ मा पर्ने बेलाैरी धनगढी सडक खण्डमा पर्ने कान्छी बजार नजिक पैसठ्ठी बिघा चाेकमा दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा परी पुनर्वास नगरपालिका वार्ड नं.२ सिम्रीका चार जनाकाे अवस्था गम्भीर रहेकाे र अन्य १७ जना सामान्य घाईते भएकाे प्रहरीले जनाएकाे छ ।

गम्भीर घाईते भएका चारै जनालाई उपचारका लागि धनगढी पठाईएकाे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले बताउनु भयाे ।

दुर्घटना परी १४ बर्षिय जीवन खड्का, १७ बर्षिया कल्पना खाती, २२ बर्षिया शान्ति बाेगटी र १५ बर्षिया सुनिता सुनार गम्भीर घाईते भएकाे प्रहरीले जनाएकाे छ ।
सामान्य घाईते भएकाहरूकाे अाईबिअारडी स्थित पुनर्वास पाेलिक्लिनक र पुनित मेडिकलमा उपचार भईरहेकाे छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । चालकले मापसे गरी तिब्र गतीमा सवारी चलाउँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे ।

प्रतिक्रिया