Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

संबैधानिक 'कु’ का बिरुद्ध तुर्माखाँदमा नेकपाको प्रदर्शन सहीत बिरोध सभा

संबैधानिक 'कु’ का बिरुद्ध तुर्माखाँदमा नेकपाको प्रदर्शन सहीत बिरोध सभा

कमल रावल, माघ ३

अछाम नेपाल कम्युनिष्ट पार्टि नेकपाका केन्द्रिय सदस्य शरद सिंह भण्डारीले प्रधानमन्त्रीले विधि र पद्धती नमान्नु दुखद भएको बताउनु भएको छ ।

व्यक्तिगत स्वार्थ र महत्वकाक्षाको आधारमा निरंकुश बन्न खोजेकै कारण पार्टी बिरोधमा उत्रेको बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको संबैधानिक ’कु’ का बिरुद्ध तुर्माखाँदमा भएको बिरोध सभामा प्रमुख अतिथीको आशनबाट बोल्दै नेकपा अछामका सह ईञ्चार्ज तथा सविधान सभा सदस्य समेत रहेका भण्डारीले संसदको विघठन गरि जनताको मतको अपमान बर्तमान प्रधानमन्त्रीले गरेकाले यसका बिरुद्ध सबै देशभक्त नेपाली जुटनु पर्ने बेला आएको बताउनु भयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र, संबिधान र पार्टी एकताको रक्षार्थ सबै कार्यकर्ता एकताबद्ध भएर आन्दोलनमा सरिक हुन समेत नेता कार्यकर्तालाई उहाँले आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया