Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

अछाममा नेकपा विभाजन :  एक अर्कालाई कारबाहि गर्दै ,नयाँ समिति गठन गर्दै

अछाममा नेकपा विभाजन :  एक अर्कालाई कारबाहि गर्दै ,नयाँ समिति गठन गर्दै

मेनुका ढुंगाना (अछाम)

नेकपा विभाजनको प्रभाव अछाममा जिल्लास्तरका नेता कार्यकर्तामा पर्न थालेको छ । एक साता देखि ओली समूह र प्रचण्ड - नेपाल समूहका छुट्टाछुट्टै  विस्तारित बैठक हुन थालेका छन् । आफ्नो , आफ्नो समूहमा भित्र्याउन दुवै पक्षका नेताहरुको प्रतिस्पर्धा हुन थालेको छ । एक पक्षले अर्को पक्षलाई कारबाहि गर्ने देखि पार्टिमा मनोनित गरेर पद दिने लगायतका गतिविधि बढेका छन् । पार्टी कार्यालय आफ्नो भएको भन्दै दुवै पक्षले दाबि समेत गर्न थालेका छन् । दुवै पक्षले पार्टि कार्यालय आफ्नो भएको दाबि गरेपछि मंगलसेन स्थित उक्त पार्टी कार्यालय प्रहरीले शिल गरेको छ ।

गत सोमबार ओली समूहले पूर्व मन्त्री एवं नेकपा सुदूरपश्चिम अध्यक्ष कर्णबहादुर थापाको प्रमुख आतिथ्यतामा मंगलसेनमा आमसभा गरेको थियो  । जिल्ला समन्वय समितिको हलमा सोमबार भएको विस्तारित बैठकबाट नेकपाका अध्यक्ष शेर बहादुर कुवँर र सचिव झपट साउदलाई कारबाहि गर्दै नयाँ कमिटि गठन गरेको छ । आधिकारिक नेकपा ओली समूह भएकाले पहिलेका अध्यक्ष र सचिव पार्टी विरुद्ध लागेको भन्दै कारवाहि गरिएको ओली समूहको नेकपाका केन्द्रिय सदस्य कृष्ण प्रसाद जैशीले बताए । चन्द्र बोहरा अध्यक्ष र डिबि साउद सचिव रहेने गरि विस्तारित बैठकबाट ४ सय ५१ जनाको जिल्ला कमिटि गठन गरिएको छ  । ‘पार्टीको विधान ,मर्यादा विपरीत  पार्टीको प्रथम केन्द्रिय अध्यक्षका विरुद्ध लागेकाले अध्यक्ष शेरबहादुर कुवँर र सचिव झपट साउदलाई पदमुक्त गरिएको छ ।’ ओली समूहको नेकपाका जिल्ला अध्यक्ष चन्द्र बोहराले भने ।

ओली समूह

ओली समूहमा पूर्वमन्त्री भिम बहादुर कडायत , प्रदेश सभाका पूर्व अर्थमन्त्री झपट बोहरा ,अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य यज्ञ बोगटी ,संविधान सभा सदस्य भैरे कामी ,पूर्व जिविस सभापति कृष्ण प्रसाद जैशी ,मंगलसेन नगरपालिकाका मेयर पदम बोहरा , नेकपाका नेताहरु मना अधिकारी , भिम जनाला ,भिम विष्ट , कमल तिमिल्सेना  ,भक्त रावल , शिव प्रसाद उपाध्याय रहेका छन् । यी सबै नेताहरुलाई ओली समूहले केन्द्रिय सदस्य बनाइ सकेको छ । यस्तै कटक साउद , डम्बर बिसि , पदम बुढा , लक्ष्मी बोगटी , सरिता उपाध्यायलगायतका नेकपाका नेताहरु पनि ओलि समूहमै रहेका छन् ।

पूर्व एमाले र पूर्व माओवादी मिश्रीत ओली समूहले पार्टी कार्यालय आफ्नो भएकाले कुनै अराजक गतिविधि नगरेर पार्टि कार्यालय हात पार्ने तयारीमा लागेको छ । ‘संस्थापन पक्ष नै हाम्रो हो । पार्टि कार्यालय पनि हाम्रै हो । कुनै पनि अराजक गतविधि गर्दैनौ । पार्टीको चल ,अचल सम्पत्तिलाई तोडफोड गर्ने जस्ता अराजक काम हामीले गर्दैनौं ।’ अध्यक्ष बोहराले भने । उनका अनुसार पार्टिमा रहेको बैंक खाताबाट बैकिङ कारोबार गर्न रोक समेत लगाएको छ । ओली समूहले मंगलबार मंगलसेनमा नेता कार्यकर्ता जम्मा पारेर शक्ती प्रर्दशन गरेको छ ।

पार्टि एकताका अध्यक्ष र सचिव आफ्नो समूहमा भएको भन्दै प्रचण्ड– नेपाल समूहले आफ्ना गतिविधि मंगलसेन स्थित नेकपाको पार्टी कार्यालयमा गरिरहेको थियो । दुवै पक्षबाट दाबि सुरु भएपछि प्रहरीले पार्टि कार्यालय शिल गरेको हो । एकताका पार्टी अध्यक्ष र सचिव आफ्नो समूहमा भएको र जिल्लामा आफ्नै समूहको बहुमत भएकाले पार्टि कार्यालय प्रचण्ड– नेपाल समूहले आफ्नो बनाएको उक्त समूहका नेता नमराज न्यौपानेले बताए । आफ्नो समहूका विद्यार्थी नेता र युवा संघका नेताहरुको संयुक्त बैठकबाट पार्टिलाई मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको छ । ‘पार्टी कार्यालय हाम्रो हो । यदि कसैले हाम्रो हो भन्दै आउछ भने मुठभेडको स्थिती पनि सिर्जना हुनसक्छ  ।’ नेता न्यौपानेले भने । विद्यार्थी नेता र युवा नेताको सयुंक्त विस्तारित बैठक मंगलबार सकिने र त्यसपछि पार्टीका नेताहरुको उपस्तिथीमा अन्य कार्यक्रम गरिने न्यौपानेले बताए । अहिले आफ्नो पार्टीका गतिविधि गाउँस्तरमा भइरहेको उनले बताए ।

प्रचण्ड– नेपाल समूहमा अछाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्रि भिम रावल ,राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवँर , तारामान स्वार ,प्रदेशसभा सदस्य बदबहादुर सोडारी , अक्कल रावल , दुर्गा विक ,गोविन्द कुवर (हर्क) मना साउद रहेका छन् । त्यसैगरि एकताका केन्द्रिय सदस्य शरदसिंह भण्डारी , एकताका पार्टि सचिव झपट साउदलगायतका नेता रहेका छन् ।यस्तै साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवँर  , नेकपाका नेता शंकर भन्डारी पनि प्रचण्ड - नेपाल समूहमा छन् ।

 

दाहल नेपाल  - दा-ने समुह

पार्टि विभाजनको प्रभाव अछामका विद्यार्थी नेतामा समेत पर्न थालेको छ । पार्टि एकताका अनेरास्ववियूका जिल्ला संयोजक रहेका धुर्व बहादुर रावलले सह संयोजक निरक शाहिले पार्टिका गतिविधि विरुद्ध लागेको भन्दै काबाहिको सिफारिस गरेका छन् । उनी प्रचण्ड– नेपाल समूहमा छन् ।  अर्कोतिर एकताका सहसंयोजक निरक शाहिले संयोजक धुर्व बहादुर रावलले पार्टिको विरुद्धमा लागेको भन्दै कारबाहिको सिफारिस गरेका छन् । उनी ओली समूहमा छन् ।
 

प्रतिक्रिया