Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

मंगलसेन नगरपालिकाले गर्‍यो कमलबजारको आरटी पिसिआर प्रयोगशालालाई ५ लाख सहयोग

मंगलसेन नगरपालिकाले गर्‍यो कमलबजारको आरटी पिसिआर प्रयोगशालालाई ५ लाख सहयोग

माघ २ अछाम :

अछामको कमलबजार नगरपालिकामा सञ्चालन गरीएको आर टि पिसिआर प्रयोगशालाका लागी मंगलसेन नगरपालिकाले ५ लाख सहयोग गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित पिसिआर परीक्षण प्रयोगशालाको स्तर उन्नतिका लागि आर्थिक सहयोग गरिएको मंगलसेन नगरपालिकाले जनाएको छ । नगरपालिकाको कार्यालयमा नगर प्रमुख पदम बहादुर बोहराले कमलबजार नगरपालिकाका लेखा अधिकृत शरद ढुंगानालाई ५ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

सुदूरको पहाडि जिल्ला अछामको कमलबजारमा यस क्षेत्रका जनताहरु लाइ सहजता होस भन्ने उदेश्यका साथ कमलबजार नगरपालिकाले प्रयोगशाला स्थापना गरेको थियो ।

प्रतिक्रिया