Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

पूर्वराजा शाह भन्नुहुन्छ एकताको गाँठो बलियो पार्नुपर्छ

पूर्वराजा शाह भन्नुहुन्छ एकताको गाँठो बलियो पार्नुपर्छ

पूर्वराजा ज्ञानेन्द्र शाहले एकताको गाँठो बलियो पार्नु पर्नेमा जोड दिएका छन् । २९९ औं पृथ्वी जयन्तीको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका हुन् ।

'राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नु पर्दछ । यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहने छ', सन्देशमा भनिएको छ, 'यसैमा पृथ्वी जयन्तीको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो ।'

हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइन्छ । सोमबार पृथ्वी जयन्तीका अवसरमा राप्रपा लगायत केही दल र व्यक्तिहरुले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया