Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

५० यात्रु बाकेको विमान वेपत्ता, पानीमा जहाज र मानिसको शरिरको टुक्रा देखियो

५० यात्रु बाकेको विमान वेपत्ता, पानीमा जहाज र मानिसको शरिरको टुक्रा देखियो

इन्डोनेसियाको राजधानी जाकर्ताबाट उडेको बोइङ ७३७ यात्रुवाहक विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । शनिबार दिउँसो उडेको ५० यात्रु बोकेको विमान उडेको केही समयमै ३ हजार मिटरमाथि पुगेपछि सम्पर्कवीहिन भएको थियो ।

श्रीविजया एयरको फ्लाइट संख्या एसजेवाई १८२ विमान सम्पर्क विहिन भएको हो । सम्पर्क विहिन भएको करिब ४ घण्टापछि एक पानीजहाज कमाण्डरले जहाज र मानिसको शरिरका टुक्रा भेटिएको बताएका छन् । 

ट्राइसुला तटगार्डका जहाजका कमाण्डर कप्तान इकोसुर्या हाडीले एक स्थानीय टिभीलाई मानिसको शरिरका टुक्रा र जहाजको टुक्रा फेला परेको बताएका छन् । यसबारेमा थप जानकारी आउन बाँकी छ ।

यसअघि इन्डोनेसियामा सन् २०१८ को अक्टोबर २९ मा बोइङको विमान दुर्घटनाग्रस्त बनेको थियो। त्यसबेला ७३७ म्याक्स विमान दुर्घटनामा पर्दा उक्त विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो।

 

प्रतिक्रिया