Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

दीपिका पादुकोण धुम–४ मा भिलेन

दीपिका पादुकोण धुम–४ मा  भिलेन

एजेन्सी । बलिउडमा चर्चित फिल्म हो – धुम । सन् २००४ मा सुरु भएको यो फिल्मको सीरीजले बक्स अफिसमा थुप्रै रेकर्ड तोडेको छ । 

धुम, धुम २, धुम ३ पछि धुम ४ को खबरले चर्चा पाइरहेको छ । फिल्ममा उदय चोपडा र अभिषेक बच्चनको भूमिका सधैँ रहने गर्छ । तर भिलेन को बन्दैछ ? भन्ने विषयमा सबैलाई चासो रहने गर्छ । 

यसको भिलेनको भूमिकामा शाहरुख खान र रणवीर सिंह जस्ता नामहरु चर्चामा आएको थियो तर भारतीय एक  न्यूज पोर्टलका अनुसार अब यस भूमिकामा अभिनेत्री दीपिका पादुकोणलाई लिइएको छ । 

धुम –४ का लागि मेगा बजेट फिल्ममा दीपिका पादूकोण महिला भिलेनको रुपमा लिइनेछ । दीपिका उक्त फिल्ममा एक स्टाइलिश चोरको रुपमा देखिने बताइएको छ । 

धुमको पहिलो सीरिज सन् २००४ मा रिलीज भएको थियो जसमा भिलेनको भूमिकामा जोन अब्राहम थिए । त्यसपछि दुई वर्षपछि धुम २ आएको थियो जसमा ऋतिक रोशनलाई र ऐश्वर्या रायलाई कास्ट गरिएको थियो । जसको अर्को सीरिज धुम ३ लामो समयपछि आयो । जसमा आमिर खानले धुम मच्चाएका थिए । 

प्रतिक्रिया