Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०६ बैशाख २०८१

कैलालीका एक कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

कैलालीका एक कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

धनगढी- कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ९ बजे चितवनको भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको अस्तपालले जनाएको छ।

उनि क्यान्सरका विरामी थिए। चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो। 

हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ।

योसँगै सुदूरपश्चिममा मृतकको सङख्या ६ पुगेको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २८ पुगेको छ। 

प्रतिक्रिया