Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

वडा अध्यक्षको हत्यामा संलग्न ४ जनालाई जन्मकैदको फैसला

वडा अध्यक्षको हत्यामा संलग्न ४ जनालाई जन्मकैदको फैसला

अछाममा गत वर्ष माघ २० गते राति भैसीं गोठमा मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका – २ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्यामा संग्लग्न ४ जनालाई जन्मकैदको फैसला भएको छ । बुधबार जिल्ला न्यायधीश नविन कुमार जोशीको एकल इजालशले जन्मकैदको फैसला गरेको हो । मृतकका भाई सुरतबहादुर धामीले ९ जनाको नाममा किटानी जोहेरी दिएका थिए ।

हत्यामा संग्लग्न प्रेमबहादुर धामी ,जीवन धामी ,रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालत अछामका तहशिलदार , शाखा अधिकृत नारायण पौडेले जानकारी दिए । अन्य ५ जनाले सफाई पाएको उनले बताए । मृतक धामीको घरदेखि २ सय मिटर परको गैरीगाउँमा भैंसी गोठमा शव फेला परेको थियो । शिक्षक पेसाबाट राजीनामा गरी नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका धामीको मृत्युको छानबिन गर्न केन्द्रिय अनुसन्धान ब्युरो सिआइबी र तालिम प्राप्त कुकुरको टोेलि घटनास्थल पुगेको थियो ।

घटनामा आफ्नै आफन्त संग्लग्न भएकाले हत्यारा पत्ता लगाउन झण्डै एक वर्षको समय लागेको मृतक धामीका भाई सुरतबहादुर धामीले बताए ।

प्रतिक्रिया