Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

अछाममा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११४ पुग्यो

अछाममा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११४ पुग्यो

अछाम- अछाममा शुक्रबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको चौरपाटी गाँउपालिका वडा नं. ५ का २६ बर्षिया पुरुष र मंगलसेन नगरपालिका वडा नं. ७ का ४८ बर्षिया पुरुषमा शुक्रबार कोरोना पुष्टी भएको हो ।

राष्ट्रिय प्रयोगशाला परिक्षण केन्द्र टेकुमा गरिएको परिक्षणका क्रममा उनिहरुमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । यो संगै अछाममा कोरोना संक्रमितको संख्या ११४ पुगेको छ ।  

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार अछाम जिल्लामा कोरोना संक्रमितको संख्या ११४ पुगेको छ । जसमा सबै भन्दा बढी मेल्लेख गाँउपालिकामा ६० जना, चौरपाटी गाँउपालिकामा २२ जना, साँफेबगर नगरपालिकामा ८ जना, मंगलसेन नगरपालिकामा १५ जना, बान्नीगढी जयगढ गाँउालिकामा ३ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै रामारोशन गाँउपालिकामा २ जना, तुर्माखाँद गााउपालिका, ढकारी गाँउपालिका र कमलबजार नगरपालिका र पञ्चदेवल नगरपालिकामा एकएक जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित मध्ये ११ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । हालसम्मको तथ्यांक अनुसार जिल्ला बाहिर भने ३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
 

प्रतिक्रिया