Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय नाघ्यो

सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय नाघ्यो

धनगढी- सुदूरपश्चिम प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुुसार डोटीका २५, कैलालीको भजनीका दुई र चुरेका पाँच गरी ७, बैतडीको पञ्चेश्वरका दुई र कञ्चनपुरको भीमदत्तका एक जनामा कोरोना पुष्टि भएको छ। 

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार सात सय दुई पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय १८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै डोटीमा दुई सय ३४, डडेल्धुरामा दुई सय १७, कञ्चनपुरमा दुई सय ५५, बैतडीमा एक सय ६५, अछामका एक सय २५, बाजुराका एक सय ८, बझाङमा ६२ र दार्चुलामा १३ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। 

प्रतिक्रिया