Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

पार्टीभित्रको विवादले संकटमा परेका प्रधानमन्त्री ओली प्रचण्ड भेट्न खुमलटार जाँदै

पार्टीभित्रको विवादले संकटमा परेका प्रधानमन्त्री ओली प्रचण्ड भेट्न खुमलटार जाँदै

पार्टीभित्र जारी विवादका कारण संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार जाने भएका छन ।

नेकपा अध्यक्ष ओली र प्रचण्डबीच हिजाे साँझ पनि बालुवाटारमा एक घण्टा भेटवार्ता भएकाे थियाे ।  प्रधानमन्त्री निकट स्रोतका अनुसार दुई अध्यक्षबीचकाे भेटवार्ताले आज पनि निरन्तरता पाउने भएकाे हाे।  आज भने प्रधानमन्त्री ओली छलफलका लागि प्रचण्डकै निवास खुमलटार जान लागेका हुन ।

‘हिजो साँझ बालुवाटारमा भेट भएको थियो आज बालुवाटार बाहिर छलफल हुनेछ,' स्राेतले नेपालखबरसँग भन्याे। 

प्रचण्ड निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड निवास खुमलटार आउने सूचना आएको छ। अहिले बिहान १० बजे प्रधानमन्त्री खुमलटार पुग्ने स्राेतले जनाएकाे छ।

प्रतिक्रिया