Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

पिएम एकदिवसीय क्रिकेट प्रतियोगितामा टिम अछामको सानदार जित

पिएम एकदिवसीय क्रिकेट प्रतियोगितामा टिम अछामको सानदार जित

धिरज कुँवर पुस ३ , कंचनपुर

कञ्चनपुरमा भइरहेकाे प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट अन्तरगत अछामले जित हासिल गरेको छ। अछामले बैतडीलाई १५ रनले स्तब्ध पार्दै फाइनलमा सानदार जित हासिल गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको टिम अछामले बैतडीलाई १६५ रनको विशाल लक्ष्य दिएको थियो जसमा अछामका सुरज तिरुवाको सानदार ६१ रनको योगदान रहेको थियो । १६५ रनको लक्ष्य पाएको बैतडिले जवाफमा १५० रनले चित्त बुझाउनु परेको अछामी टिमको हौसला बढाउन कंचनपुर पुगेका अछामका खेलकुद प्रेमी लक्ष्मण नाथ योगी ले बताउनु भयो । विजयी अछाम टिमका क्याप्टेन अनिल कुँवर हुन भने टिम व्यस्थापक चाँदनी शाह रहेका छन । 

अछामका लागि अलराउण्डर प्रदर्शन गरेको सुरज तिरुवा म्यानअफ द फाइनल भएका स्कोरर निरञ्जन बोहराले जानकारी दिए।  गत मंसिर २७ देखि शुरु भएको छनौट प्रतियोगितामा बाजुरा बाहेकका सुदूरपश्चिमका ८ टोलीको सहभागिता रहेको थियो। यो छनोट प्रतियोगिताबाट यही पुस ११ बाट हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट हुनेछ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी डडेल्धुराका सन्तोस भट्ट चुनिए। बैतडीका खडक बोहरा उत्कृष्ट बलर भए भने कञ्चनपुरका किरन ठगुन्ना उत्कृष्ट ब्याट्सम्यान बनेका छन्। फाइनल खेलपछि समापन समारोहको आयोजना गरी खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो। उक्त समापन समारोहमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथी रहेका थिए। 

प्रतिक्रिया