Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

पुस २ ,अछाम

मंगलसेन नगरपालिका -५ मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले स्वर्गीय गुप्तप्रसाद ढुंगानाकी श्रीमती प्रमिला ढुंगानालाई बीमा दाबी वापत ५ लाख १५ हजार १९३ रुपैयाँको चेक उप शाखा प्रमुख पदम बहादुर थ्यायतले बिहीबार घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा मानवीय जीवनमा जीवन बीमाको निकै ठुलो महत्व रहेकोको उप शाखा प्रमुख थ्यायतले बताउनु भयो । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्ने गरेको उहाँले बताउनु भयो । जीवन बिमा अनिवार्य बचत एंव आश्रितहरुको भलाईको व्यवस्था हुने उत्तम उपाय भएको उहाँले बताउनु भयो ।

कार्यक्रममा बिमा अभिकर्ता , पत्रकार लगायतको सहभागिता रहेको थियो । बिमित स्वास्थ्यकर्मी ढुंगानाको गत चैत २५ गते असामयिक निधन भएको थियो । उनका ४ छोराछोरी र श्रीमती रहेका छन् ।

प्रतिक्रिया