Hamro Bulletin https://www.hamrobulletin.com Hamro Bulletin - Hamro Bulletin हाम्रो बुलेटिन - सुचना को नयाँ आयम en-US hourly 1 Copyright 2020 Sun, 01 Nov 2020 07:42:41 +0545 नेविसंघका नेता पक्राउ परेपछि अत्तरियामा प्रदर्शन https://www.hamrobulletin.com/news/801 Sat, 31 Oct 2020 19:06:08 +0545 https://www.hamrobulletin.com/news/801 नेपाल विद्यार्थी संघका नेतालाई प्रहरीले पक्राउ गरेपछि कैलालीको अत्तरियामा प्रदर्शन भएको छ । नेपाल विद्यार्थी संघका नेतालाई प्रहरीले पक्राउ गरेपछि कैलालीको अत्तरियामा प्रदर्शन भएको छ । 

नेविसंघ शंकरदेव क्यम्पसका नेता दिपक ओझालाई प्रहरीले बिनाकारण अपहरण शैलीमा पक्राउ परेको भन्दै कार्यकर्ताहरुले अत्तरियामा प्रदर्शन गरेका हुन् । अत्तरियाबाट पक्राउ परेका ओझालाई रिहा गर्नुपर्ने उनीहरुको माग छ । 
नेविसंघ क्षेत्र नम्बर ४ को आयोजनामा उनीहरुले बिरोध प्रदर्शन गर्दै निशर्त रिहाईको माग गरेका छन् । बिरोध कार्यक्रममा सहभागिहरुले सरकार र प्रहरी बिरुद्ध नाराबाजीसहित पर्दशन गरेका थिए । 

उनीहरुले अत्तरिया बजारबाट र्याली निकाल्दै ईलाका प्रहरी कार्यालय मालाखेती कार्यालयको अगाडी गएर कोण सभामा गरेका थिए । 

कोण सभालाई नेविसंघ क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति गणेश शाह, तरुण दल गोदावरी नगर समितिका सभापति शंकर खड्का, युवा नेता पदमराज ओझा, प्रेमराज भट्ट, जगतराम महरा, देवराज ओझा लगाएतले सम्बोधन गरेका थिए । ओझाको रिहाई नगरेसम्म आन्दोलन जारी रहने नेविसंघ क्षेत्र नम्बर ४ का सभापती गणेश शाहले बताए ।

ओझालाई प्रहरीले बुधबार कैलालीको अत्तरियाबाट नियन्त्रणमा लिएको थियो । त्रिवि समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरी घाइते बनाएको घटनामा ओझा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उपप्राध्यापक चलाउनेमाथि गत असोज २० गते त्रिवि परिसरभित्रै कुटपिट भएको थियो । घटनामा संलग्न रहेको आरोपमा यसअघि प्रहरीले अन्य केहीलाई पक्राउ गरिसकेको छ ।

]]>
https://www.hamrobulletin.com/uploads/news//uploads/123371539_2816242695327081_5179469335276990121_n.jpg नेविसंघका नेता पक्राउ परेपछि अत्तरियामा प्रदर्शन https://www.hamrobulletin.com/news/801
बिचौलियाको कब्जामा यातायात कार्यालय : पाँच सय स्मार्ट लाइसेन्स धान खेतमा भेटियो https://www.hamrobulletin.com/news/800 Sat, 31 Oct 2020 18:55:21 +0545 https://www.hamrobulletin.com/news/800 यातायात व्यवस्था कार्यालय जनकपुरमा रहेको स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) कर्मचारीले बिचौलियासँग सेटिङ्ग मिलाएर धान खेतमा पु¥याएको रहस्य सार्वजनिक भएको छ । यातायात व्यवस्था विभागबाट जारी गरिएको स्मार्ट लाइसेन्स कार्यालय नजिककैको धान खेतमा भेटिएपछि कर्मचारीको गोरख धन्दाको पर्दाफास भएको हो । यातायात व्यवस्था कार्यालय जनकपुरमा रहेको स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) कर्मचारीले बिचौलियासँग सेटिङ्ग मिलाएर धान खेतमा पु¥याएको रहस्य सार्वजनिक भएको छ । यातायात व्यवस्था विभागबाट जारी गरिएको स्मार्ट लाइसेन्स कार्यालय नजिककैको धान खेतमा भेटिएपछि कर्मचारीको गोरख धन्दाको पर्दाफास भएको हो । 

धान काट्न खेत पुगेका स्थानीयले खेतमा लाइसेन्स फेला पारेका थिए । उनीहरुले लाइसेन्स संकलन गरेर कार्यालयलाई जिम्मा लगाएका छन् ।

जनकपुरको यातायात कार्यालय दलालको कब्जामा छ । प्रदेश सरकार मातहतमा रहेको कार्यालयमा सरुवा भएर आउने कर्मचारीले नेतालाई रकम बुझाएर आउने गर्छ । बिचौलीसँग कर्मचारीले सेटिङ मिलाएर एउटा लाइसेन्स कम्तिमा २० हजार रुपैयाँ लिएर  बिक्री गर्ने गरेका छन् । 

‘कर्मचारीको स्वाःर्थका कारण सेवाग्राहीको लाइसेन्स धान खेतमा पुग्यो,’ श्रोतले भन्यो,‘ यातायात  विभागले स्मार्ट लाइसेन्स प्रिन्ट गरेर पठाउँछ । तर, कार्यालय पुग्ने सेवाग्राहीको हातमा त्यो लाइसेन्स बर्सौंसम्म पुग्दैंन ।’ कर्मचारीले बिचौलियासँग मिलेर लाइसेन्स लुकाएर दाम कमाउने गरेको श्रोतले बतायो ।

कमिसन खान पल्केका कर्मचारीले कार्यालयमा विचौलीयालाई सिधा प्रवेश गराउने गरेका छन् । ‘जनकपुरको यातायात कार्यालय विचौलियाले चलाउँछन्,’ एक कर्मचारीले भने,‘कर्मचारीले नै बिचौलिया परिचालन गरेको छ । कर्मचारीले सेवाग्राहीलाई लाइसेन्स दिदैंन । बिचौलिया मार्फत लुकाएर राख्छन् । बाध्य भएर सेवाग्राही  दलालको सहारामा पुग्छन् । अनि दलालले सेवाग्रहीसंग रकम लिएर लाइसेन्स जस्ता सेवा दिएर आफ्नै कोठाबाट यातायात कार्यालय संचालन गर्छ ।’

दिनभरी उठेको कमिसन साँझ भएपछि कर्मचारी र बिचौलिया मिलेर बाँड्छन् ।‘बैमान कर्मचारीको हर्ककै परिणाम हो कार्यालयमा हुनु पर्ने लाइसेन्स धान खेतमा भेटिनु,’ उनले भने । 

धान खेतमा लाइसेन्स भेटिएपछि  घटना छानविनका लागि भौतिक पूर्वाधार मन्त्रालय प्रदेश-२ ले टोली गठन गर्न लागेको छ ।

‘धान खेतमा लाइसेन्स भेटिनु चिन्ताको बिषय हो,’भौतिक पूर्वधार विकास मन्त्री जितेन्द्र सोनलले अन्नपूर्ण पोस्ट्संग भने,‘जति सुकै ठूलो मान्छे यसमा सहभागि भएपनि कारवाही गछौं ।’

यातायात कार्यालय जनकपुर बिचौलियाले चलाइरहेको छ नि ? अन्नपूर्णको प्रश्नमा मन्त्री सोनलले भने,‘ पहिला छानविन त गर्नु दिनुस् । कार्यालयमा हुने अनियमिततामाथि मन्त्रालयले नजर राखेको छ । 

कर्मचारीको गैर जिम्मेवारीले कार्यालयमा भद्रगोलताको  स्थिती सिर्जना भयो । अनियमितता गर्ने कर्मचारीलाई छानविन गरेर कारवाही गर्छौं । कार्यालयलाई चुस्तदुरुत बनाउँछौं ।’

]]>
https://www.hamrobulletin.com/uploads/news//uploads/yatayata_20201030044153.jpg बिचौलियाको कब्जामा यातायात कार्यालय : पाँच सय स्मार्ट लाइसेन्स धान खेतमा भेटियो https://www.hamrobulletin.com/news/800
गेलले बनाए टी–२० मा १००० छक्काको कीर्तिमान https://www.hamrobulletin.com/news/799 Sat, 31 Oct 2020 07:55:34 +0545 https://www.hamrobulletin.com/news/799 इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबारको म्याचमा राजस्थान रोयल्ससँग सात विकेटले पराजित भएपछि किंग्स इलाभेन पञ्जाबको प्लेअफ यात्रा कमजोर बनेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबारको म्याचमा राजस्थान रोयल्ससँग सात विकेटले पराजित भएपछि किंग्स इलाभेन पञ्जाबको प्लेअफ यात्रा कमजोर बनेको छ ।

पञ्जाबका लागि ८ छक्कासहित ९९ रन जोडेका क्रिस हेनरी गेलले भने टी–२० क्रिकेट इतिहासमा अर्को कीर्तिमान बनाएका छन् । अबुधाबीस्थित शेख जायद रंगशालामा राजस्थानविरुद्ध सातौं छक्का प्रहार गरेपछि गेल टी–२० इतिहासमा १००० छक्का प्रहार गर्ने पहिलो खेलाडी बने ।

४१ वर्षीय जमैकनको नाममा १००१ छक्का दर्ता भएको छ । त्यसमध्ये ३४९ छक्का आईपीएलमा प्रहार गरेका हुन् । यो संख्या आईपीएल इतिहासको पनि कीर्तिमान हो । गेलले सीपीएलमा १६२, बीपीएलमा १३२ र टी–२० विश्वकपमा ६० छक्का हानेका छन् ।

आईएपीएलमा एउटै म्याचमा सर्वाधिक रन जोडेको कीर्तिमान पनि उनकै नाममा छ । सन् २०१३ मा गेलले १७ छक्का र १३ चौका सहित ६६ बलमा १७५ रन बनाएका थिए ।

टी–२० मा गेलपछि सर्वाधिक ६९० छक्का किरोन पोलार्ड र ४८५ छक्का ब्रेनडोन म्याक्लुमले प्रहार गरेका छन् ।

]]>
https://www.hamrobulletin.com/uploads/news//uploads/2020-10-30_Gale-1.jpg गेलले बनाए टी–२० मा १००० छक्काको कीर्तिमान https://www.hamrobulletin.com/news/799
कञ्चनपुरमा विवाहको भोज खाएका एकै गाउँका २४ जना बिरामी https://www.hamrobulletin.com/news/798 Sat, 31 Oct 2020 07:43:41 +0545 https://www.hamrobulletin.com/news/798 कञ्चनपुरमा विवाहको भोज खाएका २४ जना बिरामी भएका छन् । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका गिरीजा गुरुङको विवाहमा भोज खाएकाहरु बिरामी परेका हुन् । कञ्चनपुरमा विवाहको भोज खाएका २४ जना बिरामी भएका छन् । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका गिरीजा गुरुङको विवाहमा भोज खाएकाहरु बिरामी परेका हुन् । 

विहिबार भोज खाएकाहरु शुक्रबार बिरामी परेको वडा अध्यक्ष नरेशबहादुर सिँहले बताए । उनका अनुसार २४ जनालाई महाकाली अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकका अनुसार उनीहरुलाई फुटपाइजन भएको हो । स्वास्थ्य अवस्था समान्य रहेका बिरामीहरुलाई अस्पतालमा राखिने वडा अध्यक्ष सिँहले बताए ।

उनीहरुले विवाहमा अचार खाएकाले फूड प्वाईजन भएको हुन सक्ने अनुमान गरिएको छ ।

 

]]>
https://www.hamrobulletin.com/uploads/news//uploads/123061848_1003017100168066_723448624264974315_n.jpg कञ्चनपुरमा विवाहको भोज खाएका एकै गाउँका २४ जना बिरामी https://www.hamrobulletin.com/news/798