Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

विशेष

...अनि कहिल्यै फाइट खेलिन आमा

...अनि कहिल्यै फाइट खेलिन आमा

संसार कोरोनाले बन्धक नै छ अहिले । २०७७ स्कुल अनलाइन पढाएर नै सकियो । २०७७ फाल्गुन ११ गतेको बिहान साढे ८ बजेतिर अनलाइन कक्षा सुरु भयो । कक्षा सुरु गरेको ४÷५ मिनेट मात्र के थियो माथि छतमा चढ्ने खुड्किलामा एक्कासि गड्याङगुडुङ मुढा पल्टिएझैँ आवाज आयो । ढक्क फुल्यो । आमा बिहानमा प्रायः छतमा गएर बस्नुहुन्थ्यो । कतै आमा ... । विद्यार्थीहरुलाई “वान मिनेट इमेर्जेन्सी“ भनेर झ्यालको पर्दा सारेर हेर्दासम्म बहिनी त्यहाँ पुगिसकेकी रहिछ । नभन्दै आमा लड्नुभएछ । बहिनीले एकछिनअघि मात्रै नास्ता खुवाएर छतमा घाम ताप्न भनेर छतमा छोडेकी के थिई । बहिनीसँगै आमा नि फर्किनुभएछ । बहिनी खुड्किला झर्नु र आमा फर्केर लड्नुसँगै भएछ ।  हत्तपत्त बाहिर निस्किएँ आमाको बिच निधारमा ठुलो घाउ भएछ । के गरम् के गरम् भो । घरमा बेटाडिन भइरहन्थ्यो, त्यही दिन चाहिँ सकिएको रहेछ । भगवती(मेरी श्रीमती) बेटाडिनलगायत अरु औषधि लिन मेडिकलतिर दौडिन् । बहिनीले आमालाई सम्हाली । म ल्यापटप अघि आएर क्लासमा बसेँ । विद्यार्थीहरुलाई घटना शेयर गरिन । गर्ने पर्ने दैनिक क्रियाकलाप गरेर क्लास अलि चाँडो छोडेँ ।