Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टरबाट उद्धार

महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टरबाट उद्धार

नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ । लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उहाँकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत उद्धार गरेको हो । सोमबार साँझदेखि महाकाली बस्तीमा उर्लिएपछि कुखुरा र गाउँ गोठको रेखदेख गर्न गएका उनीहरु बाढी आएपछि त्यही फसेका हुन् । मङ्गलबार बिहानैबाट सेनाको टोली उद्धारका लागि त्यहाँ जान खोजे पनि प्रतिकूल मौसमका कारण उद्धारस्थल पुग्न सकेको थिएन । “स्थलमार्गबाट जान अन्य खहरे खोला र बाढीले जानसक्ने अवस्था नै थिएन्”, यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी भीष्म केसीले भन्नुभयो, “स्थलमार्गबाट गएर त्यहाँ उद्धार सम्भव नभएपछि सुर्खेतबाट हेलिकप्टर बोलाइएको हो ।”