Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०६ बैशाख २०८१

छैठौं साँफेबगर महोत्सबको चौथो दिन रचना र आशिषले नचाए दर्शक

छैठौं साँफेबगर महोत्सबको चौथो दिन रचना र आशिषले नचाए दर्शक

छैठौं साँफेबगर महोत्सवको चौथो दिन दर्शकको घुईचो अत्याधिक बढेको थियो । बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाको मुल उद्देश्य सहित लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सब २०८० को चौथो दिन गायिका रचना रिमाल र गायक आशिष महरको प्रस्तुतिले दर्शक लाई नचाएको थियो । महोत्सबमा चर्चित मोडेल करिष्मा ढकालको नृत्यले दर्शकलाई लोभ्याएको थियो । गायक आशिष महरले गित गाउने क्रममा आयोजक कमिटिले आशिष महरकि आमालाई स्टेजमा बोलाई सम्मान गरेको थियो भने गायिका रचना रिमालले स्टेजबाट ओर्लिएर उनको प्रिती पहिले हो कि भन्न गित संगै दर्शक संग हात मिलाउदै अभिनन्दन गरेकि थिईन ।