Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

कमल रावल

कमल रावल

कमल रावल

गायक रावलको दोस्रो गित "सम्झना आउँछकी" सार्वजनिक - भिडियो सहित

गायक लोकमान बिरही रावलको दोस्रो देउडा गित " बजारमा सार्वजनिक भएको छ । अछाम जिल्ला बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ५ कालिका सुगालि निवासी गायक रावलको दोस्रो कोसेलीको रुपमा माया प्रितिमा आधारित “सम्झना आउँछकी” गित बिशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

Read more

कैलाशखोलामा पानीको वहाब बढदै जादा रामारोशनका नागरिक त्रसित

गए रातिबाट अछाम जिल्लामा नियमीत रुपमा भारि बर्षा हुदा कैलाशखोलामा नदिको बाहव निकै बढेको छ । यसरी कैलाशमा बाढी सहीत पानी बढेपछी गतबर्ष भदौ २ को घटनालाई सम्झेर रामारोशन क्षेत्रका नागरिक तर्सित भएका छन । हिजोरातीबाट त्यस क्षेत्रका नागरिक निकै त्रसित भएका छन ।

Read more

अछाम जिल्लामा १ जना कोरोना संक्रमित पुरुषको मृत्यु

जिल्ला अस्पताल अछाममा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर ९ का ४९ बर्षिय पुरुषको गएराति साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

Read more

जिल्ला अस्पतालमा अक्सिजन अभाव हुन नदिन सबैले सहयोग गरौँः प्रमुख डाक्टर बास्कोटा

जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर सोनाली बास्कोटाले अस्पतालमा अक्सिजनको अभाब जतिबेला पनी हुनसक्ने बताउनु भएको छ । अहीले संक्रीय संक्रमीतको संख्या कम भएका कारण केही थान अक्सिजन स्टोक भएतापनी आगामी दिनमा अझै समस्या हुनसक्ने भएकाले हरेक क्षेत्रबाट सहयोग गरिदिन आग्रह गर्नु भयो ।

Read more

निर्देशक रावलको अछामी लघु चलचित्र “संशय” सार्वजनिक (भिडियो सहित)

निर्माता तथा निर्देशक गणेशजंग रावललको अछामी लघु चलचित्र “संशय” सार्वजनिक भएको छ । अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ घर भएका रावलले निर्माण गरेको लघु चलचित्र सोमबार सार्वजनिक भएको हो । अछामका नागरिकका ज्वलन्त समस्याको परिबेश समेटेर तयार पारिएको चलचित्र भेडापानी ईन्टरटेन्मेण्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

Read more

अछाममा नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता संघ गठन

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड अछाम उपशाखामा आबद्ध अभिकर्ताहरुको भेलाले जिल्ला स्तरिय अभिकर्ता संघ गठन गरेको छ । मंगलसेन नगरपालिका वडा नम्बर ६ को ठुलासैनमा भएको अभिकर्ताहरुको भेलाले यसबर्ष एजेन्सी म्यानेजर बन्नु भएका भक्त्त बहादुर कुँवरको अध्यक्षतामा १३ सदस्यिय नेपाल लाईफको अभिकर्ता सँघ गठन गरेको हो । जसमा उपाध्यक्ष दिपिका कुँवर, सचिव कमल कुमार रावल, सहसचिव प्रेम खनाल, कोषाध्यक्ष नगेन्द्र प्रसाद भण्डारी लगाएत अन्य सदस्य रहेका छन । सदस्यमा पवित्रा भण्डारी, कम्मान सिह चलाउने, कृष्ण बहादुर सोडारी, नमराज न्यौपाने, अर्जुन बहादुर कुँवर, इश्वर रावल, नम बहादुर बिष्ट र केशर रावल सदस्य रहेका छन ।

Read more

झंकर बहादुर रावल स्मृति प्रतिष्ठान अछामद्धारा वलिगाउका १४ जना विद्यार्थिलाई पुरुस्कार र सम्मानपत्र वितरण

झंकर बहादुर रावल स्मृति प्रतिष्ठान अछामको आयोजनामा स्वर्गिय झँकर रावलको स्मृति दिवसको दिनको अवसरमा वलिगाउमा पुरुस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । मंगला नेरा माबि वलिगाउमा कार्यक्रम सहीत मंगलसेन नगरपालिका वडा नम्बर ८ र ९ वलिगाउका विद्यालयबाट शैक्षिकसत्र २०७६ को बार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थिलाई पुरुस्कार तथा सम्मानपत्र वितरण गरिएको हो ।

Read more

क्यान्सर समयमै पत्ता लागे पुर्ण रुपमा निको हुन्छ : डाक्टर लोहनी

‘म हुँ र म हुनेछु’ भन्ने सन्देशका साथ क्यान्सरबाट हुने मृत्युलाई कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आज विश्वभर लगाएतमा नेपालमा पनी क्यान्सर दिवस मनाईएको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक फेबु्रअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिने डाक्टरहरुले बताएका छन् ।

Read more

अछाम समाज कञ्चनपुरद्धार अछामको क्रीकेट टिमलाई सहयोग तथा सम्मान

सामाजिक सेवामा अग्रसर रहदै आएको कञ्चनपुरमा गठन भएको अछाम समाजले अछामका क्रीकेट खेलाडी सहयोग गरेको छ । महेन्द्रनगरमा आयोजना गरिएको प्रधानमन्त्री प्रदेश स्तरिय क्रीकेट प्रतियोगितामा भाग लिन कंचनपुर पुगेको अछाम जिल्लाको क्रीकेट टोलिलाई शुक्रबार महेन्द्रनगरमा हुने फाइनल खेलका लागि शुभकामना दिन तथा खेलाडीहरुको मनोबल बढाउन अछाम समाज कंचनपुरले सहयोग गरेको समाजले जनाएको छ ।

Read more

सक्षमता सहितको महिला नेतृत्व अबको आवश्यकताः जेसिज अध्यक्षका उम्मेद्धार खरेल

जेसिज बर्ष २०२० का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष पदका उम्मेद्धार शोभा खरेलले सक्षमता सहितको महिला नेतृत्व आवश्यकता रहेको बताउनु भएको छ । महिलाको सक्षमता नेतृत्वमा स्थापित गराउनका लागी आफुले बर्ष २०२१ को राष्ट्रिय अध्यक्षको उम्मेद्धारी घोषणा गरेको बताउनु भएको छ । झण्डै ५४/५५ बर्षको अवधिमा महिलाले नेतृत्व नलिएकाले यसबर्ष आफुले आवश्यकता सहीत आफुलाई परिपक्क बनाएर राष्ट्रिय अध्यक्षको लागी उम्मेद्धारी घोषणा गरेको बताउनु भयो ।

Read more

दलित महिला सँघद्धारा बान्नीगढी र मंगलसेनका ८ वडा गरि ३ सय परिवारलाई राहत वितरण

मँगलसेन नगरपालिका वडा नम्बर ५ मा राहत वितरण गरिएको छ । वडा नम्बर ५ का ९२ घरपरिवारलाई खादान्न सहित स्वास्थ्य र सरसफाईका सामाग्री राहत स्वरुप बितरण गरिएको हो । दलित महिला सँघ अछामद्धारा संन्चालित सीमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता कोभिड १९ अन्तरगत प्रति परिवार २५ केजिको १ कट्टा चामल, दाल ४ केजि, २ केजि चना, तेल ३ लिटर, चिनि १ केजि, नुन १ केजि, हात र नुहाउने गरि ६ पिस साबुन, सेनेटरी प्याड १ र १० पिस सर्जिकल माक्स हस्तान्तरण गरिएको छ ।

Read more

भारतको अम्बरनाथ शाखाबाट रामारोशनका बाढी पिडितलाई आर्थिक सहयोग

रामारोशन गाउपालीकाका बाढी पिडितका लागी भारतबाट आर्थिक संकलन गरेर पठाईएको छ । नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्र पर्ने महाराष्ट्रको अम्बरनाथ शाखाको पहल तथा नेतृत्वमा २३ हजार ६ सय रकम आर्थिक सँकलन गरेर पठाईएको बताईएको छ ।

Read more

प्रहरी दिवसको अवसरमा अछाम प्रहरीद्धारा अछाम अस्पताल सहित विभिन्न ठाउमा सरसफाई

“६५ औं प्रहरी दिवस २०७७” को अवसरमा अछाम प्रहरीले जिल्ला भरि विभिन्न कार्यक्रम गरेको छ । प्रहरी कार्यालय अछाम तथा मातहत प्रहरी इकाईहरुबाट जिल्ला स्थित रहेका विभिन्न मन्दिर तथा सार्वजनिक स्थलहरुको सरसफाई प्रहरीले गरेका हुन । जिल्ला प्रहरी कार्यालय अछाममा खट्ेको प्रहरी टोलिले मंगलसेन नगरपालिका ५ मा रहेको जिल्ला अस्पताल अछाम परिसरमा सरसफाई गरेको छ ।

Read more

मनपा ८ र ९ वलिगाउका ७९ घर परिवारलाई राहत वितरण

मँगलसेन नगरपालिका वडा नम्बर ८ र ९ वलिगाउमा राहत बितरण गरिएको छ । वडा नम्बर ८ का ३६ जना र ९ का ४३ जना गरि ७९ जनालाई खादान्न सहित स्वास्थ्य र सरसफाईका सामाग्री राहत स्वरुप बितरण गरिएको हो । दलित महिला सँघ अछामद्धारा सन्चालित सीमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता कोभिड १९ अन्तरगत प्रति परिवार २५ केजिको १ कट्टा चामल, दाल ४ केजि, २ केजि चना, तेल ३ लिटर, चिनि १ केजि, नुन १ केजि, हात र नुहाउने गरि ६ पिस साबुन, सेनेटरी प्याड १ र १० पिस सर्जिकल माक्स हस्तान्तरण गरिएको छ ।

Read more

बाल विवाह न्युनिकरणका लागी एकमत भएर अघि बढ्ने सरोकारवालाको प्रतिबद्धता

बाल विवाह न्युनिकरणका लागी एकमत भएर अघि बढ्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन । समाजमा अपराधको रुपमा रहेको बाल विवाहलाई रोक्नका लागि सबैको भुमिका उत्तिकै भएकाले अछाम जिल्लामा बाल विवाह न्युनिकरण लागि सबैले एकमत भएर अघि बढने प्रतिबद्धता जनाएका हुन ।

Read more

ठुलासैनमा अस्थायी प्रहरी पोष्टको उदघाट्न

मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैनमा अस्थायी प्रहरी पोष्टको उदघाट्न गरिएको छ । जिल्ला सुरक्षा समितीको माग अनुसार सरकारबाट ठुलासैनमा अस्थायी प्रहरी पोष्टको अनुमती आएपछी एक कार्यक्रमका बिच उदघाट्न गरिएको हो ।

Read more

रामारोशन पर्यटन क्षेत्र विकास तथा ब्यबस्थापन समितीको अध्यक्षमा चक्र रावल नियुक्त

रामारोशन पर्यटन क्षेत्र विकास तथा ब्यबस्थापन समितीको चक्र रावल नियुक्त हुनु भएको छ । सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आईतबार “रामारोशन क्षेत्र पर्यटन विकाश तथा व्यवस्थापन समितिको संस्थापक अध्यक्षमा रावललाई नियुक्त गरिएको हो ।

Read more

रामारोशनमा बगाएका ९ झोलुङ्गे पुलहरुको पूनः निर्माणका लागीे सर्भे गरियो

कैलाश खोलामा आएको बाढीेले बगाएका झोलुङ्गे पुलहरुको पूनः निर्माणका लागी एक टोलिले सर्भे गरेको छ । सेबक–नेपाल र टिबिएसय हेल्भेटासको प्राविधिक टोलीद्धारा गत भदौ २ गते राति आएको बाढि पहिरोले बगाएका रामारोशन क्षेत्रका ९ झोलुङ्गे पुलहरुको सर्भे गरिएको हो ।

Read more

सविधान निर्माण गरेका हौँ, जारी मात्र गर्न सकेनौँः सविधान सभा सदस्य कामि

सविधान सभा सदस्य भैरे कामिले सविधान निर्माणमा आफ्नो महत्वपुर्ण योगदान रहेको बताउनुु भएको छ । नेपाली जनताको माझमा सविधान जारी गर्न नसके पनी सविधानको निर्माण कार्य आफ्नै पालामा भएको बताउनुु भएको छ । छैटौँ सविधान दिवसको अवसरमा रेडियो रामारोशनसँग कुराकानी गर्दै सदस्य कामिले आफ्नो ४ बर्षे कार्यकालको समयमा सविधानमा लेखिएका केही कुरा त्रृटि भएकाले सोही समयमा जारी नभएर अर्को पटक बुदा सच्याएर जनताले आफ्नो अधिकार सहीतको सविधान पाएका बताउनुु भयो ।

Read more

डिसिएको सहयोग मालिकाले दियो रामारोशनका घर बिहिन ३४ परिवारलाई ३ लाख ७४ हजार

गत भदौ २ गते आएको बिनाशकारी बाढि र पहिरोबाट घर बिहिन भएका रामारोशन गाउँपालिकाका ३४ घर परिवारलाई आर्थिक सहयोग गरिएको छ । डेनमार्कको गैह्रसरकारी संस्था डिसिएको आर्थिक सहयोग तथा मालिका सँघ नेपाल अछामद्धारा वडा नम्बर ४ बाटुलासैनका २ तथा वडा नम्बर ५ का ३२ घरधुरी गरि ३४ घर परिवारलाई प्रतिब्यक्ति ११ हजारका दरले ३ लाख ७४ हजार आर्थिक सहयोग गरिएको हो ।

Read more

जिल्ला अस्पताल अछाममा दन्त सेवा सुचारु

जिल्ला अस्पताल मंगलसेन अछाममा दात सम्बन्धीको सेवा सुरु भएको छ । विगत लामो समय देखि संञ्चालनका लागि प्रयास गरिरहेको अस्पतालले हालैमात्र दातको समस्या भएका बिरामीका लागी सेवा संञ्चालन गर्न सकेको हो । दातको सेवा सुचारुका लागि भौतिक संरचना, आवश्यक सामाग्री र जनशक्ति ब्याबस्थापन पनि सेवा सुरु भएको अस्पतालले जनाएको छ । अस्पताल आफैले सेवा संञ्चालन गरेपछि अछामका सेवाग्राहीलाई निकै टेवा पुग्ने जिल्ला अस्पताल अछामका डाक्टर मनोष्ट बिष्टले बताउनु भयो ।

Read more

अछाममा कुटपिटबाट २४ बर्षिय युवकको ज्यान गयो ।

अछाम जिल्लामा २४ बर्षिय युवकको कुटपिट पछि मुत्यु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउका मानसिह भण्डारीका २४ बर्षिय छोरा संन्तोष भण्डारीको आज जिल्ला अस्पताल अछाममा मुत्यु भएको हो । हिजो मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउको खाँदमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाझका युवासँग आपसि विवाद भएपछि कुटपिट हुदा गम्भीर घाईते भएका भण्डारीको आज दिउसो जिल्ला अस्पताल अछाममा मुत्यु भएको बताईएको छ ।

Read more

पुरन रावलद्वारा रामारोशनका बाढि पिडितलाई सहयोग

मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ निवासी युवा समाजसेवी पुरन रावलले रामारोशनका बाढी पिडितका लागि आर्थिक सहयोग गर्नु भएको छ । रामारोशन गाउपालिकाका उपाध्यक्ष सरस्वती रावललाई १० हजार १ सय रुपैया हस्तान्तरण गर्दै आर्थिक सहयोग रावलले गरेका हुन ।

Read more

रामारोशनका बाढि पिडित २५ घरपरिवारलाई केयर र सेवकद्धारा राहत हस्तान्तरण ।।

रामारोशन गाउपालिकाको सबैभन्दा विकट बाढि प्रभाबित क्षेत्र सोरना टोलमा राहत बाडिएको छ । केयर नेपालको आर्थिक सहयोग र सेवक नेपाल मार्फत गाउपालिका अध्यक्षलाई हस्तान्तरण गरि आज नै २५ परिवारलाई वितरण गरिएको छ । हेलिकप्टर मार्फत सदरमुकाम मंगलसेनबाट पठाईएको त्रिपाल २ सय २५ थान, म्याटरेस २५ थान, चामल २५ बोरा, दाल ७५ केजि, खाने तेल २५ लिटर, नुन ५० केजि, भाडा कुडाका सबै २५ थान सामाग्री गाउपालिका अध्यक्ष झँकर बहादुर साउदले प्राप्त गरेर उनिहरुलाई वितरण गर्नु भएको छ ।

Read more

रामारोशनमा बाढिमा ज्यान गुमाएका आफन्तलाई अनेरास्ववियु द्वारा आर्थिक सहयोग ।

अनेरास्ववियु जिल्ला कमिटि अछामले रामारोशन गाउँपालिकाकाे बाढिमा ज्यान गुमाएका आफन्तलाई घरमै पुगेर आर्थिक सहयोग गरेको छ । साफेबगर क्षेत्रमा सँकलित ८५ हजार अार्थिक रकम पिडितको घर वडा नम्बर ५ नेटाकोट पुगेर हस्तान्तरण गरिएको हो ।

Read more
Page 1 of 2