न्यायको पर्खाइमा किशोरी
सेफ हाउसको एउटा अँध्यारो कोठा। सुँक्कसुँक्क रुँदै गरेको आवाज। मोबाइलको बत्ती बालेर भित्र पस्दा आवाज उनै किशोरीको। जसलाई जिल्ला अदालत अछामले बलात्कारको झुटा मुद्दामा ३ वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको थियो।
Read moreसेफ हाउसको एउटा अँध्यारो कोठा। सुँक्कसुँक्क रुँदै गरेको आवाज। मोबाइलको बत्ती बालेर भित्र पस्दा आवाज उनै किशोरीको। जसलाई जिल्ला अदालत अछामले बलात्कारको झुटा मुद्दामा ३ वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको थियो।
Read moreवि.स २०३४ सालमा अछाममा हैजाको महामारी फैलियो । थुप्रै मानिसहरुले ज्यान गुमाए । औषधी उपचारको अभावमा कयौ थला परिसकेका थिए । त्यति बेला सहजरुपमा उपचार र औषधी पाउने व्यवस्था नै थिएन । जिल्लाको क्षेत्र नं. २ सदरमुकाम मंगलसेनमा रहेको अस्पतालमा पुग्न सहज थिएन । क्षेत्र नं.१ मा फैलिएको हैजाबाट गाउँ नै सखाप हुने स्थिति सिर्जना हुन थालेपछि यहाँका अगुवाहरुले अस्पतालको लागी आन्दोलनको सुरुवात गरे । हैजा प्रभाबित मानिसहरुको उपचार र बयालपाटामा अस्पताल स्थापनाका लागी तत्कालित बयालपाटा गाउँपञ्चायतका अगुवाहरुले आन्दोलन गर्ने निष्कर्षमा पुगे ।
Read moreसाँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले साँफेबगरमा व्यापारीहरुसंग निषेधाज्ञालाई थप कडाई गर्ने बिषयमा छलफल गर्नु भएको छ । किराना पसल खुल्ला भएका कारण कोरोनाको जोखिम थप बढेको र ब्यापारहिरुले मुल्य भन्दा दोब्बरमा दैनिक उपभोग्यका सामाग्री बिक्री गर्न थालेको भन्ने गुनासो आएपछि नगर प्रमुख कुँवरले व्यापारीहरुसग छलफल गर्नु भएको हो ।
Read moreउधोग बाणिज्य संघ अछामको एक टोलीले साँफेबगर नगरपालिकाका नगर प्रमुखसंग निषेधाज्ञालाई थप कडाई गर्ने बिषयमा छलफल गरेका छन् । सरोकोरावालाहरुले बजारमा व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरेको,मुल्य भन्दा बढीमा दैनिक उभोग्यका सामाग्रीहरु बिक्री गर्ने गरेको भन्दै नगर प्रमुख कुल बहादुर कुँवरसंग छलफल गरेको हो ।
Read moreअछाममा १५ वटा स्वास्थ्थ संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिन्छ । साबिकको ७५ वटा गाबिस रहेको अछाम जिल्लाभरी १५ वटा मात्र सुचीकृत स्वास्थ्य संस्थाहरु सेवा उपलब्ध रहेको छ । तर पछिल्लो समय स्वास्थ्यकर्मीको अभावका कारण ती सेवाहरु पनी बन्द हुन थालेका छन् । सुरक्षित गर्भपतनको सेवा बिस्तार र सेवामा सहज पहुँच पुर्याउनु पर्छ भन्दै आवाज उठिरहेका बेला भने दक्ष जनशक्तिको अभावमा सेवा बन्द हुने अवस्थामा पुगेका छन् ।
Read moreअछामको साँफेबगरलाई नयाँ शहर बनाउने योजना कछुवाको गतिमा छ । बिश्व बैकको अनुदानमा नेपाल सरकारले २०६८÷६९ सालमा देशका १० ओटा नमूना शहर मध्ये अछामको साँफेबगरलाई पनि नमूना शहर बनाउने योजना अघि सारेको थियो । पहाडी क्षेत्रबाट तीव्र रुपमा भईरहेको बसाईसराई रोक्नका लागि सरकारले नयाँ शहरको अवधारणा ल्याएको भएपनि नमूना शहर निर्माणको काम भने अपेक्षाकृत रुपमा अघि बढ्न सकेको छैन । सुस्तगतिमा रहेको काम गत वर्ष कोरोनाका कारणले ठप्प भयो ।
Read moreनेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउदले नेकपाको बर्तमान सरकार पुर्णरुपमा असफल भएकोले शिघ्र निर्वाचन हुनुपर्ने जिकिर गर्नु भएको छ । आज अछामको साँफेबगरमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दे पुर्ब मन्त्री समेत रहनु भएका साउदले नेकपाको बर्तमान सरकारले राष्टीयता र लोकतन्त्रको रक्षा गर्न नसक्ने भएकाले यो सरकार छिटो भन्दा छिटो बिगठन हुनुपर्ने बताउनु भयो ।
Read moreअछाममा फेरि छाउगोठ बन्न थालेका छन् । कोरोनाको महामारीसँगै छाउगोठ पनि बन्न थालेका छन् । गत मंसिर १५ गते राती साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भएपछि गोठ भत्काउने अभियान निकै तीब्र पारियो।
Read moreअछाममा एनआरएन माइक्रोफाईनाइन्सका एक जना कर्मचारीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार नियन्त्रणमा लिएको छ। कमलबजार नगरपालिकामा कोरोना भाइरसका कारण आमजनताको जीवन गुजारा गर्न समेत गाह्रो भइरहेको बेला चर्को व्याज असुल्न थालेको भन्दै माइक्रोफाईनाइन्सका कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ।
Read moreअछाममा चार महिनामा मात्रमा कोरोना रोकथाम,नियन्त्रण र व्यवस्थापनको लागि ११ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको छ । संघ र प्रदेशबाट प्राप्त रकम समेत गरी स्थानीय तहले यो अवधिमा ११ करोड २ लाख ७ सय ६३ रुपैयाँ खर्च गरेका छन् ।
Read moreअछामी समाज जापानद्धारा बयलपाटा अस्पतालको हाडजोर्नी बिभागलाई आर्थिक सहयोग अछामी समाज जापानले बयलपाटा अस्पतालको हाडजोर्नी बिभागलाई आर्थिक सहयोग गरेको छ । जापानमा गठित अछामी समाजले ५१ हजार १ सय ५१ रुपैया सहयोग प्रदान गरेको हो । साँफेबगर नगरपालिका वडानबर ७ रि।डिकोटका वडाअध्यक्ष मिठ्ठु भाटले हाडजोर्नी बिषेशज्ञ डाक्टर मन्दिप पाठकलाई रकम हस्तान्तरण गर्नु भएको हो । वडाध्यक्ष भाटले डाक्टर पाठकको कामको प्रशससा गर्दे गुणस्तर सेवा प्रवाहमा जोड दिनु भयो ।
Read moreसुदूर पहाडका अधिकांश जिल्लामा स्वास्थ्यकर्मीको दरबन्दी वर्षौदेखि रिक्त छन् । विशेषज्ञ डाक्टरहरु त यहाँका लागि सपना जस्तै हुन् । आएकाहरु पनि दूर्गम भन्दै बस्न रुचाउँदैनन् ।
Read moreकैलाश खोलामा १९ गते मृत अवस्थामा भेटिएकी महिलाको हत्याको आशंकामा माईतीले किटानी जाहेरी दिएका छन् । मंगलसेन नगरपालिका वडा नम्बर ९ ओलीगाउँ निबासि रेश्मा कुवर रावल कैलाश खोलामा मृत अवस्थामा भेटिएकी थिईन् । माईती पक्षले मृतकका श्रीमान् निरज रावलको नाममा किटानी जाहेरी दिएका छन् । रेश्माको टाउँकोमा चोट लागेको र दुबै कानबाट रगत बगेको देखिएकाले आत्महत्या नभएर हत्या नै गरेकोले किटानी जोहरी दिएको मृतकका बुवा छत्र कुँवरले बताउनु भयो । प्रहरीले तिनदिन पछि मात्र किटानी जोहरी लिन मानेको कुँवरले बताउनु भयो ।
Read moreमंगलवार राती निकै ठुलो पानी परिरहेको थियो । मीनबहादुर सुनारको परिवार खाना खाएर सुतिसकेका थिए । पसल र बस्नका लागी टिनको छानो बनाईएका थियो । मुसलधारे पानी परेकाले टिनमा असिना परेको जस्तै आवाज आईरहेको थियो । मीनबहादुरको माईलो छोरा रोशन बाहेक सबै सुतिसकेका थिए । मीनबहादुर सैनीबजारमा बिगत दश बर्षदेखि सुनचादी व्यवसाय गर्छन् ।मीनबहादुरको ६ जनाको परिवार त्यही थियो । रोशन नसुतेर मोबाइल चलाएर बसेका थिए। रोशन नसुतेका कारणले मीनबहादुरको ६ जानको परिवारको ज्यान जोगिएको छ ।
Read moreरामारोशन गाउपालिका– ५ सैनीबजारमा बाढीले बगाएका ११ जना अझै बेपत्ता रहेका छन् । बाढीले बगाएको १७ जना मध्ये अहिलेसम्म ६ जनाको मात्र शब फेला परेको छ । १५ वर्षीया नवीन साउद, ३५ वर्षीया गौरी शाह र ५४ वर्षीया चन्द्र साउँद,४५ बर्षका अम्मर शाह,४७ बर्षिया लालसरा शाही,२२ बर्षिया बबिता बुढाको शब फेला परेको हो । नबिनको हिजो नै कैलाश खोलामा दाहसंस्कार गरिएको स्थानीय लोकबहादुर शाहले जानकारी दिनु भयो ।
Read moreमंगलवार राती आएको अबिरल वर्षाले रामारोशन गाउँपालिका– ५ सैनीबजार नै बगाएको छ । बाढीले सैनीबजारमा रहेका १७ जना बेपत्ता बनाएका मध्ये ६ जनाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख योगेन्द्र सिँह थापाले जानकारी दिए । जसमा ३ जनाको परिचय खुलेको छ । ३३ बर्षकि गौरी शाह, ४८ बर्षका चन्द्र साउद र १५वर्षका नविन साउदको शब फेला परेको डिएसपी थापाले बताए । मंगलवार राती १ बजे कैलाश खोलामा आएको बाढीले २२ घरका १७ जनालाई बाढीले बगाएको हो ।
Read moreजिल्ला प्रशासन कार्यालय अछाममा नागरिकता बनाउनेको भीड लाग्न थालेको छ। दैनिक ६० देखि ७० जना नागरिकता बनाउन आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादवले जानकारी दिए ।
Read moreअछाममा प्रहरीले मास्क नलगाएर हिडडुल गर्ने माथी कडाई गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मास्क नलगाई हिडडुल गर्ने ५ सय ३२ जनालाई कार्वाहि गरिएको छ ।
Read more