Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

मेनुका ढुंगाना

मेनुका ढुंगाना

मेनुका ढुंगाना

मध्यपहाडी सडकको काम सुस्त

सरकारले गौरवको आयोजनाको सूचीमा राखेको मध्यपहाडी लोकमार्गअन्तर्गत बयालपाटा –मंगलसैन , मंगलसैन –ठाटिखाँरद र बिनायक– बेलखेत खण्डमा कालोपत्रेको काम सकिएको छ । बिचमा पर्ने बिनायक–ठाटीखा“द खण्डको निर्माणमा पर्ने १६ किलोमिटर काममा ढिलाइ भएको हो । निर्माणको जिम्मा पाएको पहिलो समूहले निर्माणको लागि आवश्यक मेशिन तथा उपकरण , क्रसर, टिपर, जेसिवि,  स्काभेटर, लोडर गुणस्तर मापनका लागि ल्याब लगायतका सामान  तथा पुर्वाधार, दक्ष जनशक्तीको अभावले निर्माण कार्य ढिलो भएको कर्मचारीको भनाइ छ ।  पहिलेको समूहले काम गर्न नसक्ने बताएपछि अहिले अर्को समुहले काम गरिरहेको छ ।

Read more

अछाममा नेकपा विभाजन :  एक अर्कालाई कारबाहि गर्दै ,नयाँ समिति गठन गर्दै

नेकपा विभाजनको प्रभाव अछाममा जिल्लास्तरका नेता कार्यकर्तामा पर्न थालेको छ । एक साता देखि ओली समूह र प्रचण्ड नेपाल समूहका छुट्टाछुट्टै  विस्तारित बैठक हुन थालेका छन् । आफ्नो , आफ्नो समूहमा भित्र्याउन दुवै पक्षका नेताहरुको प्रतिस्पर्धा हुन थालेको छ । एक पक्षले अर्को पक्षलाई कारबाहि गर्ने देखि पार्टिमा मनोनित गरेर पद दिने लगायतका गतिविधि बढेका छन् । पार्टि कार्यालय आफ्नो भएको भन्दै दुवै पक्षले दाबि समेत गर्न थालेका छन् । दुवै पक्षले पार्टि कार्यालय आफ्नो भएको दाबि गरेपछि मंगलसेन स्थित उक्त पार्टि कार्यालय प्रहरीले शिल गरेको छ ।

Read more

महनिावारीमा असुरक्षित, विद्यालय  छात्रा मात्र होइन, शिक्षिका पनि जाँदैनन् विद्यालय

अछामका अधिकांश विद्यालयका शौचालय प्रयोग गर्न नमिल्ने अवस्थामा छन् । भएका शौचालय फोहोर छन् भने शौचालयभित्र पानीको कुनै ब्यवस्था छैन । विद्यालयमा छात्रा मैत्री शौचालयको न्युनतम मापदण्ड समेत पुरा नहुदा महिनावारीका बेला छात्राहरुको पढाई प्रभावित हुँदै आएको छ । कतिपय छात्राहरु त महिनावारीका बेला विद्यालय नै जादैनन् ।

Read more

फेरि छाउगोठ भत्काउने अभियान

कोरोना महामारीका कारण रोकिएको छाउगोठ भत्काउने अभियान अछाममा फेरि सुरु भएको छ । गत वर्ष पुसमा सुरु भएको अभियान चैतमा स्थगित भएको थियो । दोस्रो चरणको अभियानमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरू नै गाउँगाउँ पुग्न थालेका छन् ।

Read more

वडा अध्यक्षको हत्यामा संलग्न ४ जनालाई जन्मकैदको फैसला

अछाममा गत वर्ष माघ २० गते राति भैसीं गोठमा मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका – २ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्यामा संग्लग्न ४ जनालाई जन्मकैदको फैसला भएको छ । बुधबार जिल्ला न्यायधीश नविन कुमार जोशीको एकल इजालशले जन्मकैदको फैसला गरेको हो । मृतकका भाई सुरतबहादुर धामीले ९ जनाको नाममा किटानी जोहेरी दिएका थिए ।

Read more

नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

मंगलसेन नगरपालिका -५ मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले स्वर्गीय गुप्तप्रसाद ढुंगानाकी श्रीमती प्रमिला ढुंगानालाई बीमा दाबी वापत ५ लाख १५ हजार १९३ रुपैयाँको चेक उप शाखा प्रमुख पदम बहादुर थ्यायतले बिहीबार घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।

Read more

दुर्गमका डाक्टर ‘स्वास्थ्य स्वयंसेविका ’

मंगलसेन नगरपालिका ४५ मंगला विक २६ वर्ष देखि महिला स्वास्थ्य स्वयंसेविका रुपमा काम गर्दै आएकि छन् । गाउँमा दलित बस्ती धेरै गैर दलित बस्ती कम ।  दलित बस्तीको संख्या धेरै भएकाले उनलाई स्वयंसेविका बनाउन गाउँलेले समर्थन गरे । गाउ“मै भएका गैरदलितका घरमा पनि उनले धेरै पटक जानु पथ्र्यो । तर उनलाई दलित घरमा आएको भन्दै सार्वजनिक ठाउँमै धेरै पटक विभेद गरे । ‘त्यो बेला गैरदलितका महिलाले हामी दलितका घरमा जादैनौं भनेर मैले अवसर पाएकि हुँ । धेरै गाली पाइयो । कुटाइ खाने अवस्था समेत आयो ।’ उनले भनिन् ,‘सुरुमा समुदायसम्म पुग्नै गाह्रो भयो । त्यसपछि गाउँमा बुझाउन गाह्रो भयो ।’ खोप लगाए घाउ बन्छ , गर्भ जाँच गरे लाज हुन्छ भन्दै गाउँमा जानै नदिने गरेको उनि बताउछन् । ‘ठुलै डाक्टर भएर आइ , हामीलाई सिकाउने बहानामा कामको बर्बाद भयो भन्दै रिसाउँथे ।’ उनी भन्छिन् ,‘आमा समूह बनाएपछि अलि काम गर्न सहज भयो । त्यसयताको समयमा कतिका ज्यान बचाइयो हिसाबकिताब छैन । अहिले परिस्तिथि बदलिएको छ । गाउँमा डाक्टर भन्दा बढि हामीलाई मान्ने गरेका  छन् ।’

Read more

दुर्गमका महिला अकालमै गुमाउछन् ज्यान

सदरमुकामबाट झण्डै ६५ किलोमिटर टाढाको दुर्गम दलित बस्ति । जहाँ अझै पनि विषेश अवस्था बाहेक स्वास्थ्य संस्था जादैनन् । पहिलो प्रथामिकता धामि झाँक्रि र घरेलु जडिबुटिलाई दिन्छन् । कुनै पनि बिरामी गम्भिर अवस्थामा नपुग्दासम्म स्वास्थ्य संस्दा लिदैनन् ।

Read more

अछाममा सुन्तला उत्पादनमा गिरावट

जिल्लामा सुन्तलाको उत्पादनमा कमि आएपछि दैनिक खरिद बिक्री समेत घटेको छ । जिल्लाको मुख्य ब्यापारीक केन्द्र साँफेबगर, सदरमुकाम मंगलसेन लगायत दिपायल, धनगढी, टिकापुर, महेन्द्रनगर र नेपालगञ्जसम्म पुग्ने अछाम जिल्लाका सुन्तला यस बर्ष भने जिल्लाकै लागि अपूग भएको कृषकहरुको भनाई छ ।

Read more

बाध्यताले भारत जाने बढ्दै

कोभिड–१९ को संक्रमणले गर्दा भारतका विभिन्न उद्योग , कलकारखाना , होटेल व्यापार व्यवसाय बन्द भए । त्यसको प्रत्यक्ष असर नेपाललाई पर्यो । रोजगारीको सिलसिलामा भारतका विभिन्न सहरमा भएका नेपालीहरु अलपत्रमा परे । लगभग सबैले रोजगारी गुमाए । कतिपय नेपाली यातायात खर्च जुटाउन नसकेर घर फर्निन समेत सकेनन् । तर , धेरै जसो कामदार भने घरमै फर्के ।

Read more

जसलाई कुनै अभियान र दिवसले छुँदैन

महिला हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न निकयले तामझामका साथ मनाइ रहँदा ग्रमिणस्तरका धेरै महिलाहरु यसबारे बेखबर छन् । यसैको उदाहरण हुन्, ढकारी गाउँपालिका– ४ बलाता गाउँकी शोभा साउद । देशैभरी महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरुवात गरिरहँदा उनी आफ्ना पिडा सुनाउन बाध्य छिन् । शोभा ९ वर्षको उमेरमा स्कुलमा भर्ना भइन् । सरकारले सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरे पनि विद्यालय जान आवश्यक पर्ने शैक्षिक सामाग्रीको अभावमा समयमै भर्ना हुन सकिनन् । आफुभन्दा पछिका दुइ भाइलाई उनकी आमाले जेनतेज गुजारा गरी स्कुल पठाइन् । शोभा हेरालो लाग्न थालीन । बुवाको मृत्युपछि उनकी आमाले दैनिक ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टार्नसमेत मुस्किल भएपछि छोरीलाई विद्यालय भर्ना गर्ने सपना पनि देख्न छोडेको आमा मैना बिकले सुनाईन् । ‘आफूलाई साँझ बिहान खानकै समस्या छ, कसरी मैले डे«स र कापी कलम किनेर स्कुल पठाउँथे । पेट भरिने गरि खान पाइएको छै्रन । ’ मैनाले भनिन्  , ‘ छोराछोरी स्कुल पठाउन सकिएको छैन । एकल महिला भनेर समाजले थिचोमिचो गर्छ । महिलाका लागि के कार्यक्रम हुन्छन् केहि थाहा छैन ।’

Read more

‘बेचिनबाट धेरै पटक जोगिएर फर्केँ ’

दायाँ आखाँमा गहिरो चोट , शरिरमा टाढैबाट हेर्दा पनि हड्डी र  निकै दुब्लो देखिने , मलिन अनुहार , ठूलो स्वरले बोल्न नसक्ने , कान कम सुन्ने ४४ वर्षीया हिरा अधिकार मदिरा सेवन गर्ने श्रीमान्बाट पटकपटक कुटिएकी , गम्भिर घाइते भएकी र भारतमा धेरै पटक उनै श्रीमान्ले बेच्न खोज्दा ठक्कर खाएर अछाम पुगेकी महिला हुन् । जिल्ला प्रशासन कार्यालयकै छेउको सानो झुपडीमा दुइ साता यता  देखीने केटाकेटीको ठूलो जमात उनैका छोराछोरीको हो ।  श्रीमान्ले अलपत्र पारेपछि सात वर्षको अवधिमा भारतमै जन्मिएका पा“च जना छोराछोरीलाई  कोहलपुरमा पन्ध्र दिन क्वारेन्टाइनमा बसेर हिरा गतसाता मात्रै अछामकी पुगिन् । तर, असामान्य अवस्थामा ।  २२ वर्ष अघि उनको घोडासैनका कृष्ण अधिकारीसग बिवाह भएको थियो । गाउँमा घरजग्गा , धनसम्पत्ति भएको मान्छे देखेपछि हिराका आमाबुवाले कृष्णसग बिवाह गरिदिए । बिहे गरेको केहिसमयसम्म परिवारको अवस्था राम्रो थियो । गाउँमा कसैलाई अप्ठ्यारो पर्दा कृष्णको परिवारबाट सहयोग लिने पनि धेरै थिए । जब बिहेपछि कृष्ण घर छोडर कामको लागि भारत गए । उतै साथीभाइको लहैलहैमा लागेर मदिरा सेवन गर्न थाले । ‘गाउँमा हदासम्म कसैसंग चर्को स्वरले नबोल्ने मान्छे उता गएर जाडरक्सी खान थालेको छ भनेर एक्कासी खबर आयो’ हिराले भनिन् ,‘त्यसपछि कहिले चोरेको घटना , कहिले कुटपिटका घटना भए भन्दै घरमा खबर आइरहे । त्यसैबेला देखि मेरा दुःखका दिन सुरु भए ।’ कृष्ण घर आएपछि पनि रक्सी खान श्रीमतीलाई कुट्ने , आमालाई कुट्पिट गर्न थाले । त्यो देखेर गाउ“ले समेत अचम्म परेका थिए । ‘घोडासैनमा धनसम्पत्ति भएको धनाड्य परिवारका मान्छे थिए  । मदिरा खानाले अहिले कृष्णको परिवारको सडकको बास भयो’ घोडासैनका बासुदेव जैसीले भने ,‘ ७÷८ वर्षको अवधिमा त्यत्रो सम्पत्ती घरजग्गा सबै बेचेर रक्सी खाएको देख्दा हामी पनि अचम्म परेका छौं । अहिले कृष्णको परिवारलाई गाउँमा ओत लाग्ने ठाउ“ छैन ।’

Read more

पसलमै बसेर दिन बिताउँछन् भारतबाट फर्केकाहरु

भारतबाट कोरोना भाइरसको संक्रमणबाट जोगिन अधिकांस पुरुषहरु घर फर्किएका छन् । ६ महिना लामो समयसम्म घरमै बसेका बेरोजगार हुँदा यहाँका धेरै व्यक्तीको दैनिकी कष्टकर बन्दै गएको छ । आर्थिक , सामाजिक अवस्था पनि खस्किएको छ । घरमै बसेर कुनै काम गर्ने वातावरण नपाउँदा धेरैजसो समय चिया पसलमै बित्ने गरेको ढकारी गाउँपालिका –४ का रतन बहादुर साउद बताउँछन् ।

Read more

कोभिड -१९ को सन्दर्भमा दलित महिला संघद्वारा महिला जनप्रतिनिधिसँग अन्तरक्रिया

कोभिड -१९ को सन्दर्भमा महिला जनप्रतिनिधिसँगको १ दिने अन्तरक्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । दलित महिलासंघ अछामका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय रहनुभएको थियो । महिला जनप्रतिनिधिको काम , कर्तव्य र अधिकारका विषयमा उहाँले मंगलसेन नगरपालिकाका १४ वटै वडाका महिला सदस्यहरुलाई जानकारी गराउनुभएको थियो । महिलाको हकहित तथा वृदिविकासका लागि आफू जहिल्यै महिलाको साथमा रहेको बताउनुभयो ।

Read more

छाउगोठ भत्काइयो , अनुगमन भएन

गत मंसिर १५ गते राती साँफेबगर नगरपालिका ३ सिद्येश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भयो । त्यसपछि अछाममा छाउगोठ भत्काउने अभियानले तिव्रता पायो । दश स्थानीय तहका ९१ वडा र प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान अघि बढ्यो । पार्वतीकोे छाउ बार्न गोठमा बसेका बेला मृत्यु भएपछि गृह मन्त्रालयको निर्देशन , प्रहरीको नेतृत्वमा गोठ भत्काउन थालिएकोे हो । तर कोरोना भाइरसको त्रास फैलिएपछि भने उक्त अभियान ओझेलमा परेको छ ।

Read more

जोखिम मोलेर गाउँमै पुगेर सेवा दिँदै स्वास्थ्यकर्मी

मंगलसेन नगरपालिका –७ मा रहेको जनालीबण्डालीमा कार्यरत सिनियर अनमी धनसरा ढुंगाना स्वास्थ्य सेवामा प्रवेश गरेको १५ वर्ष भयो । यो अवधिमा उनले धेरै ठाउँमा पुगेर सेवा दिइन् । ग्रामीण भेगमा धेरै सेवा दिएकी उनी अहिले पनि गाउँमै छिन् । स्वास्थ्य चौकीमा बस्दा गाउँमा मान्छेसँग राम्रो सम्बन्ध बनाएकाले उनलाई सरुवा हुँदा पनि भेट्ने धेरै छन् । अहिलेसम्म धेरैका ज्यान बचाएकी छन् । अरुलेभन्दा ग्रामीण भेगमा लाग्ने रोग र त्यहाँको अवस्थाबारे उनी बढि जानकार छन् । उनी जुन ठाउँमा गइन राम्रै सेवा दिइन् । गाउँमा जाँदा स्वागत गर्ने ,सत्कार गर्नेहरु आज उनैलाई देख्दा डराउन थालेका छन् । घरमा जाँदा परिवार डराउँछन् । कार्यक्षेत्रमा जाँदा सेवाग्राही डराउँछन् । यतिबेला नराम्रो लाग्छ’ उनले भनिन् ,‘परिवारबाट टाढा बसेर स्वास्थ्य चौकी जान्छु । छोराछोरी नजिक आउन खोज्छन् । सबैबाट जोगिनु परेको छ । पहिलेभन्दा अहिले कामको चाप बढेको छ ।’

Read more

कोरोनासँगै थपिए ग्रामीण महिलाका दुःख ‘मुग्लानबाट श्रीमान् फर्किए, ऋण कसरी तिरौँ ?’

अछामका अधिकांश ग्रामीण भेगमा समाचार संकलनका लागि पुगेको छु धेरै ठाउँमा जाँदा मेरा लागि महिला नै समाचारका पात्र बन्छन् । मैले धेरै महिलालाई सोध्ने गर्छु । ‘तम्रा बड्डा (श्रीमान्) काँ छन् त ?’ धेरै महिलाले दिने साझा जवाफ हुन्छ, ‘बम्बै’ । यहाँका गाउँमा भारतको जुनसुकै ठाउँमा गए पनि बम्बै भनेर बुझ्ने चलन छ ।

Read more

शोकमा रामारोशन ,बाढीमा मिसिए १७ जनाका कराडौं सपना

रामारोशन गाउँपालिका ५ सैनीबजारमा व्यापार व्यवासाय गरिरहेका ४५ वर्षीय नन्द सिंह साउद गरी उनका ७ जनाको परिवारलाई मंगलबार मध्यराती कैलाश खोलामा आएको बाढीले बेपत्ता पार्यो ।  उनकी श्रीमती गंगा ,जेठो छोरा रुपेश ,बुहारी कविता , कान्छो छोरा नविन , सासु बिमादेवी, दिदी जोगादेवी , नातीनी प्राप्तीलाई कैलाश खोलाको बाढीले बगायो ।ठूलो लगानीमा सैनी बजारमै बनाएको नौलो घर बाढीमा मिसियो । यी मध्ये नन्दसिंहका कान्छो छोरा नविन र बुहारी कविताको मात्रै शव भेटिएको छ । ‘भाटाकाटीयामा विवाह गरेकी जेठी छोरी कौशीला पनि माइतमा बस्थीन् । त्यो दिन मात्रै आफ्नो घर गएर बाचिन् ’ बेपत्ता भएका नन्दसिंहका आफन्त कम्मानसिंह साउदले भने ,‘कान्छि छोरी सनानी गाउँमा बस्ने बाजेबज्यैलाई भेट्न गएकाले उनी पनि बचेकी छन् ।

Read more

अछाम बाढी : घटनास्थल पुग्यो उद्धार टोली

कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाइदिएको उनले बताए । विष्टका अनुसार दर्नाको सबैभन्दा बढी धान उत्पादन हुने नगरर्नाको कोसेडा खेत बगर बनेको छ ।

Read more

२१ वर्षीया गर्भवतीको हेलिकप्‍टर मार्फत उद्धार

​अछाम — नेपाली सेनाको हेलिकप्टर मार्फत अछाममा २१ वर्षीया गर्भवतीको उद्धार गरिएको छ । पंचदेवल विनायक नगरपालिका-७ की रमना विकलाई जिल्ला अस्पताल मंगलसेनबाट हेलिकप्टर मार्फत सुर्खेत पठाइएको जिल्ला अस्पतालका डाक्टर प्रेमप्रसाद ढुंगानाले बताए ।

Read more

बाजुराको साँफे-मार्तडी सडक अवरुद्ध, सयौं यात्रु अलपत्र

अम्कोट,बाजुरा — बाजुराको साँफे-मार्तडी सडकअन्तर्गत बुढीगंगा नगरपालिका १ मा पर्ने अम्कोट-द्वारी खण्ड बाढीले बगाउँदा सयौं यात्रु अलपत्र परेका छन् ।

Read more

अछामका समस्या , चुनौती र अवसर

सुदूरपश्चिमका ७ पहाडी जिल्ला मध्ये दुइ निर्वाचन क्षेत्र भएको जिल्ला अछाम हो ।  सबैले अपेक्षा गरे अनुसार अछामलाई समृद्ध बनाउनको लागि त्यति कठिन भने छैन

Read more
Page 2 of 2