Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

देवेन्द्र किशोर ढुंगाना

देवेन्द्र किशोर ढुंगाना

देवेन्द्र किशोर ढुंगाना

श्रीमती, छोरी र छिमेकीलाई खुकुरी प्रहार गरी आत्महत्या

इलाम–३ पुवामझुवाका एक पुरुषले श्रीमती, छोरी र छिमेकी किशोरलाई खुकुरी प्रहार गरी झुण्डिएर आत्महत्या गरेका छन् ।  पुवामझुवाका ५२ वर्षीय देउराम राईले शनिबार ४४ वर्षीया श्रमिती कमला राई, १२ वर्षीया छोरी प्रनिषा राई र छिमेकी १५ वर्षीय अनुप राईलाई अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।

Read more

सुनसरीका डीएसपी कार्कीमाथि कुटपिटको आरोप

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्कीमाथि कुटपिट गरेको आरोप लागेको छ । डीएसपी कार्कीले कार्यकक्षमा बोलाएर आफूमाथि कुटपिट गरेको सुनसरीको देवानगञ्जका नारायण मेहताले आरोप लगाएका छन् । शनिबार पीडितले इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफूमाथि कुटपिट भएको बताएका हुन् ।

Read more

इटहरीको सम्पूर्ण निजी कलेजहरु तत्कालका लागि बन्द

सुनसरीको  इटहरीका निजी कलेजका विद्यार्थीहरुले आन्दोलन चर्काउँदै लगे पछि हिसान सुनसरीले इटहरीका सबै निजी कलेजहरु अनिश्चित समयको लागि बन्द गर्ने निर्णय गरेको छ । विद्यार्थीहरु कलेज तोडफोड र सांङ्घातिक आक्रमणमा उत्रिएको भन्दै तत्काललाई निजी कलेजहरु बन्द गर्ने निर्णय गरेको हो ।

Read more

इटहरीमा चक्काजाम,यातायात अबरोध

इटहरीका निजी कलेजका विद्यार्थीहरु कलेजहरुको मनपुरी शुल्क विरुद्ध आन्दोलन चर्काएका छन ।  नपढेको समयको समेत मासिक शुल्क तिर्न ताकेता गरेको भन्दै विद्यार्थीहरुले सडक अवरुद्ध समेत गरेका छन ।इटहरीका नाम चलेका कलेजहरुले पनि कलेज नलागेको समयको शुल्क असुलेको भन्दै शुक्रबार विद्यार्थीहरुले सडकमा चक्काजाम गरेका छन । इटहरीका कलेजहरुलेनै विद्यार्थीहरुबाट विभिन्न बहानामा अनाश्वयक शुल्क असुलेको भन्दै विद्यार्थीहरु दैनिक जसो आन्दोलन गरिरहेका छन । आज पनि विद्यार्थीहरुले सडकमै विद्यालयहरु विरुद्ध प्रदर्शन गरेका हुन ।

Read more

महिलाको कोठामा प्रवेश गरेको भन्दै युवकको हत्या

महिलाको कोठामा प्रवेश गरेको भन्दै खोटाङमा एक युवाको हत्या भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ३४ वर्षीय अजित राईको मृत्यु भएको हो । महिलाको कोठामा प्रवेश गरेको भन्दै कुटपिट हुँदा राईको ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ।

Read more

बसले म्याजिक भेनलाई ठक्कर दिदाँ ३ जना घाईते

झापा चैत्र ६ / विराटनगर २ मुनालपथ स्थित यात्रुबहाक बसले बिहीबार साँझ म्याजिक भेनलाई ठक्कर दिदाँ ३ जना यात्रु घाईते भएका छन् । दुवै सवारी साधन इटहरीतर्फबाट विराटनगर बसपार्क तर्फ आउदै गर्दा अगाडी कुदिरहेको को १ ज ३७५९ म्याजिक भेनलाई को १ ख ४५६७ नम्बार याुत्रबहाक बसले ठक्कर दिएको थियो ।

Read more

इटहरी उपमहानगरपालिकामा तालाबन्दी

फोहोर जलाउँदा प्रदूषण भएको भन्दै इटहरी का वासिन्दाले इटहरी उपमहानगरपालिकामा तालाबन्दीकार्यालयको वातावरण शाखा र फोहोर व्यवस्थापनको जिम्मा पाएको वेस्ट एण्ड इन्भारो मेनेजमेन्ट कम्पनिको कार्यालयमा ताला लगाएका छन् ।

Read more

आजको कविता-  " संग्रामी हातहरु "

यति खेर  बर्ग शत्रुले आफ्ना लुला हातहरु उठाएर बिस्थापित हाम्रा मनहरुलाई, अपनत्वको तुलोमा राखेर, सौदावाजी गर्न मोलतोल गर्दैछन, अब हामी जनताको ढाल बनौ, र बर्ग शत्रुको अचानोमा आगोका फूलहरु संग

Read more

पूर्बको संगम इटहरीमा एक अर्ब तीस करोडको लगानीमा पाँच तारे होटल

सुनसरीको ईटहरीमा निर्माणधिन पाँचतारे होट सञ्चालनमा आउने भएको छ । होटल पूर्ण रुपमा सञ्चालनमा आउदा १ अर्ब ३० करोड लगानी पुग्नेछ । होटल परिसर एक बिघा क्षेत्रफलमा फैलिएको छ। जग्गाको मूल्यांकन पनि शुरुवातमा भन्दा यतिबेला ह्वातै बढेको छ। होटल शुरुवातमा आंशिक मात्र सञ्चालनमा हुनेछ । विस्तारै पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।

Read more

वीपी पार्कमा पर्यटकिय शौचालय

सुनसरी जिल्ला धरान सर्दुखोला स्थित वीपी पार्कमा सरकारको ग्रामिण खानेपानी तथा सरसफाई कोष विकाश समितिले आधुनिक सुविधायुक्त सरसफाईको दृष्टिले सुरक्षीत पर्यटकिय शौचालय निर्माण कार्य शुरु गरेको छ । पार्कमा दैनिक सैयकडौ आगन्तुको चाप बढेपछि सरसफाईको हिसाबले सुरक्षीत शौचालन बनाउन जरुरी भएको हुँदा धरान उपमहानगरपालिकाको प्रस्तावमा समितिले निर्माण कार्य शुरु गरेको हो ।

Read more

प्रहरीको मिलेमतोमा लुकाइयो दुर्घटना

दुर्घटना गराउने पक्षले उपचार खर्च नबेहोरेपछि विराटनगरको एउटा अस्पतालबाट बच्चा लिएर बाबुआमा भागेका छन् ।  दुर्घटनामा परेर घाइते बनेका तीन वर्षीय बालक कार्तिक सदालाई लिएर बाबु जगदीश र आमा गेनादेवी विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालबाट भागेका हुन् ।

Read more

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।

Read more

झापामा हात्तीको आक्रमणबाट एक किशोरको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट  घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती छन् । उनी बिहान बुद्धशान्ति गाउँपालिका– २ मा हात्तीको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read more

नेपाली काङ्ग्रेसका नेता कोईरालाको अबशान

नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेता अशोक कोइरालाको निधनले आफूलाई दुःखी बनाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता कोइरालाको निधनले आफूलाई दुःखी बनाएको बताएका हुन् ।

Read more

झापाबाट गोरु काटिरहेको अवस्थामा ४ जना पक्राउ

झापाकोमेचीनगर नगरपालिका-१२ कालिझोडा गाउँमा गोरु काटिरहेको अवस्थामा ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुनिल बिक, ३० वर्षीय टार्जन आछामी, २१ वर्षीय सुवास दर्जी र सोही नगरपालिका-५ बस्ने २१ वर्षिय महेश सार्की रहेका छन् ।

Read more

दार्जिलिङका दम्पत्ति धरानबाट लागुऔषध ब्राउन सुगरसहित गिरफ्तार

भारतको दार्जिलिङ घर भएका एक दम्पत्ति सुनसरीको धरानबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका छन् । दार्जिलिङका ३१ वर्षीय विशन घले र उनकी श्रीमती २२ वर्षीया पुन्या तामाङलाई प्रहरीले मङ्गलबार दिउँसो १ बजेतिर पक्राउ गरेको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी विपिन रेग्मीले दुवै जना धरानको भानुचोकस्थित तेह्रथुम होटलको १०६ नम्बर कोठाबाट पक्राउ परेको जानकारी दिए ।

Read more

सीमाक्षेत्रबाट खुलेआम तेल तस्करी

सुनसरीको देवानगञ्जबाट पेट्रालियम पदार्थको खुलेआम तस्करी हुनेगरेको छ । भारतसँग सीमा जोडिएको घुस्की, साहेवगञ्ज र साविकको कप्तानगञ्ज नाकाबाट दैनिक डिजेल र पेट्रोलको तस्करी हुने गरेको छ ।

Read more

ठक्कर दिने सेटिङमा छुटे, बिरामी अलपत्र र भोकभोकै

उपचारबापतको शुल्क तिर्न नसक्दा विराटनगर अस्पतालमा सुनसरीका एक युवक अलपत्र परेका छन् । उपचारबापतको रकम भुक्तानी गर्न नसक्दा इनरुवा नगरपालिका–७ चाँदबेलाका १९ वर्षीय रविन सरदार एक महिनादेखि विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा अलपत्र बनेका हुन् । अस्पतालमा बस्दा उनलाई विहान–बेलुका खानकै समस्या छ ।

Read more

झापामा स्थानीयले बनाए प्रदेशकै ठूलो महादेवको प्रतिमा

बिर्तामोड–१ स्थित पञ्चकन्यामा ३८ लाख रुपैयाँको लागतमा २७ फिटको शिवको प्रतिमा निर्माण गरिएको छ ।  प्रदेश नं १ कै सबैभन्दा ठूलो र आकर्षक शिव प्रतिमाको महाशिवरात्रिका अवसरमा यही फागुन २७ गते अनावरण गरिने छ । स्थानीय समुदायको लगानी र व्यवस्थापनमा महादेवको प्रतिमा स्थापना गरिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

Read more

नोबेल मेडिकल कलेजमा  नाबालक छोरा छाडेर आमाबुबा सुईकुच्चा

मोरंग जिल्लाको विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचार खर्च तिर्न नसक्ने भएपछि आमाबुबा नाबालक छोरा छाडेर भागेका छन् ।  उपचार खर्च तिर्नसक्ने अवस्था नभएको भन्दै बाबु–आमा भर्खरै जन्मिएको शिशुलाई अस्पतालमै छाडेर घर गएका हुन् । आमा–बुबाले छाडेपछि उपचारका क्रममा आइतबार राति पाँच दिनको शिशुको मृत्यु भएको छ ।

Read more

किशनगञ्जमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका ५ को मृत्यु

झापाको सिमाबर्ती भारतको विहार राज्यस्थित किशनगञ्जमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका पाँचको मृत्यु भएको छ । झापाको सीमासँग जोडिएको किशनगञ्ज जिल्लाको सलाम कोलोनीमा सोमबार (आज) बिहान स्थानीय स्वामी नूर बाबुको घरमा ग्यास सिलिन्डर विस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Read more

काठमाडौं-रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार

काठमाडौं-रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुका अनुसार एमओयू मन्त्रिपरिषदले स्वीकृत गरिसकेकाले भारत सरकारले पनि एमओयू स्वीकृत गरेलगत्तै डीपीआरको सम्झौता हुनेछ ।

Read more
Page 1 of 1