Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

लोग बहादुर परियार

लोग बहादुर परियार

लोग बहादुर परियार

दलित र गरिबी बिचको अन्तरसम्बन्ध

भनिन्छ कुनै पनि व्यक्तिवा समुदाय रहरले गरिब बन्दैन, उसलाई धनि वा गरिबबनाउनमा त्यहाको राजनितिक,आर्थिक तथा सामाजिक सांस्कृतिक वातावरणले महत्वपुर्ण भुमिका खेलेको हन्छु ।जसको पुष्टि गर्नका लागि गरिबीका अन्तरनिहित कारणहरुलाई गहिरो रुपमा बिश्लेषण गर्न अपरिहार्य देखिन्छ । गरिबिका अन्तरनिहित कारणहरुलाई तिन भागमा बर्गिकरण गरिएको छ, जसमा तत्कालिन, मध्यवति र मुलभुत कारण आदि । तत्कालिन कारणलाई सुन्न, हेर्न र महसुस गर्न सकिन्छ, अल्पकालिन रुपमा असर गर्दछ र तुरुन्तै समाधान गर्न सकिन्छ, मध्यावधि कारणले व्यक्तिको जीवनस्तरमा केही समय सम्म प्रभाव पार्दछ जसलाई सुन्न, देख्न र महसुस गर्न सकिन्छ र मानिसको ज्ञान, सिप र प्रबिधिको बिकास मार्फत समस्या समाधान गर्न सकन्छ तर मुलभुत कारणलाई चाही सुन्न र महसुस गर्न सकिन्छ देख्न सकिन्न । किन भने त्योअदृश्य हुन्छ, त्यसको असर लामो समय सम्म रहन्छ तुरुन्तै समाधान गर्न सकिदैन । जुन राजनितिक तथा सामाजिक संरचनासंग सम्बन्धित हुन्छ। त्यसलाई फेर्न र बदल्न धेरै समय लाग्ने भएकोले रणनितिक रुपमा मात्र परिवर्तन गर्न सकिन्छ । त्यसैले कुनै व्यक्ति वा समुदाय गरिब बन्न वा पछाडी पर्नुमा त्यहांको राजनितिक र सामाजिक, सांस्कृतिक संरचना जिम्मेवार हुन्छ भन्ने कुरामा दुई मत रहदैन ।

Read more
Page 1 of 1