ग्राहकको रकम आफ्नै खातामा हाल्ने नेपाल बैंक डिल्लीबजारका तत्कालीन म्यानेजर कोइराला दोषी ठहर
नेपाल बैंकका तत्कालीन ब्रान्च म्यानेजर भूपराज कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । डिल्लीबजार शाखाका तत्कालीन ब्रान्च म्यानेजर कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५४ लाख ८४ हजार ४५ रुपैयाँ ६० पैसा बिगो दाबी गर्दै २०७७ असार २१ गते विषेश अदालतमा मुद्दा दायर गरेको थियो ।
Read more